मेलम्चीको निर्माण तत्काल थाल्ने सरकारको निर्णय

सरकारले इटालियन ठेकेदार कम्पनी सिएमसीले छाडेर हिँडेपछि अनिश्चित बनेको बहुचर्चित मेलम्ची खानेपानी आयोजना निर्माण तत्काल अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाल जानकारी दिएका छन्। रोकिएको काम तत्काल अघि बढाउन सरकारले छिटो प्रक्रिया अपनाएर निर्माण पुरा गर्ने निर्णय गरेको बाँसकोटाले जानकारी दिए।