राष्ट्रिय फुटबल टीम घोषणा : अभिषेकको इन्ट्री, भरत र विमल आउट

जनपत्र
६ जेष्ठ २०७६, सोमबार १८:१०

मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका हुन् । नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । विंगर मिडफिल्डर अभिषेक मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका १९ वर्षीय खेलाडी हुन् । त्यस्तै, पुराना अनुभवी खेलाडी जगजित श्रेष्ठ भने टिममा परेका छैनन् । उनी राष्ट्रिय टीमबाट फुटबल खेल्नकै लागि अष्ट्रेलियाबाट नेपाल आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*