आऊ, अनुमतिबिना मलाई स्पर्श गर्ने आँट गर !
शिक्षकलाई पूर्वाग्रही हुने छूट् हुँदैन । उसले सबैलाई समान स्थान दिन जानेको हुनुपर्छ । सक्दैन भने त्यसको परिणाम भयंकर हुन जान्छ ।
हाम्रो समाजका शिक्षकहरु हजारौँ वर्षदेखि नारीमाथि पूर्वाग्रही भइराखेका छन् । उनीहरुले पढाउने हरेक शब्दमा पूर्वाग्रह छ । समाज मानव सभ्यताको ठूलो विद्यालय हो र यहाँका शिक्षकहरुले हामीलाई सधैँ गलत पढाइराखे ।
हामीलाई लाज सिकाए, गुलामी सिकाए । पृथ्वीसँग दाँजिदिए र पृथ्वीले जस्तै हामीलाई हरेक कुरा सहन सिकाए । कसैले हाम्रो शरीरमा हात लगेको हाम्रा बा–आमालाई सुनाउँदा यस्तो कुरा कसैलाई भन्नु हुँदैन भनेर सिकाए ।
लोग्नेले कुट्दा प्रतिरोध गर्न हुन्न भनेर सिकाए । हाम्रो अस्तित्व कुमारीत्वसँग जोडिदिए, मानौँ कुमारीत्व नभए त्यो नारीको शरीरमा आत्मा नै हुँदैन । ऊ मुर्दा लासजस्ती हुन्छे ।
हाम्रा शिक्षकले कुमारीत्वको जन्मसिद्ध अधिकार पुरुषहरुसँग हुन्छ भनेर सिकाए । हाम्रो समाजमा हाम्रो भविष्य कोर्ने शिक्षकहरु नै पूर्वाग्रही भए । जब शिक्षकहरुले दिने पाठ नै त्यस्तो छ भने हाम्रो समाजका कथाहरु कस्ता होलान् रु
मेरो पात्र त्यो शिरिशको फूल होइन, जो एक स्पर्शमा ओइलिई झर्छ । मेरो पात्र त्यति कमजोर हुन सक्दैन । बरु मेरो पात्रले एउटा भिन्न प्रजातिको शिरिषको फूल फुलाउन सक्छ, जसको एक स्पर्शमा तिमी ओइली झर्ने छौ ।
अबका शिरिषका फूलहरु त्यति कमजोर छैनन् । अब लेखिने कथाहरु त्यति कमजोर लेखिने पनि छैनन् ।
रावणले सीतालाई हरेर लग्यो, रामलाई बडो पीर पर्यो । उनले सीताको प्रेमका लागि युद्ध लडे, रावणको वध पनि गरे र सीतालाई फिर्ता लिएर आफ्नो राज्य फर्किए ।
अब कसैले सीताको चरित्रमाथि शंका व्यक्त गर्छ । राजा सजग हुन्छन् र सीताले अग्निपरीक्षा दिनुपर्ने माग राख्छन् । सीताले अग्निपरीक्षा पनि दिन्छिन् । यतिले नपुगेर राम राज्य स्थापित गर्न उनी सीतालाई एक्लै ‘तिमी जङ्गल जाऊ’ भनेर पठाउँछन् । सीता पनि जान्छिन् ।
के रामराज्य स्थापित गर्न रामसँग अरु उपाय थिएन रु रामले सीतालाई अपनाएर आफ्नो राज्य भरतलाई दिएको भए हुँदैन थियो रु लक्ष्मणलाई दिएको भए हुँदैनथ्यो रु के यसो गर्दा रामराज्य अझ उदारणीय हुने थिएन र रु
तर रामले त्यसो गरेनन् ।
पाँच भाइ जुवा खेल्छन् । भएको सबै हार्छन् र अन्तिममा आफ्नै श्रीमती द्रौपदीलाई दाउमा राख्छन् । त्यो पनि हार्छन् । सबैका अगाडि दुस्साशनले द्रौपदीलाई नाङ्गो पार्दा चुप लागेर बस्छन् । यो कस्तो समाज हो रु यो कस्तो न्याय हो रु यहाँ किन यी पाँच भाइ दोषी देखिँदैनन् रु द्रोपदीले किन दुस्साशनको मात्र रगत माग्छिन् रु द्रोपदीले किन पाँच भाइलाई दोषी देख्दिनन् रु
के यसको कारण यी कथाहरुका लेखक पुरुष भएर हो रु
हाम्रा कथाहरु कमजोर भए, जस कारण हामीले कहिले पनि प्रश्न गर्न नै जनेनौ । किन रु
यो शब्द बोल्न हामीलाई कहिले पनि आएन । यस्तो ‘हुनु हुँदैन’ भन्न हामीलाई कहिल्यै आएन । आजको समाजमा पनि आमा बुबाहरु छोरीलाई गुडिया खेल्न दिन्छन् । भाँडाकुटी खेल्न दिन्छन् । किन बन्दुक, फुटबल, गुलेली दिँदैनन् रु
यस पछाडिको मनोविज्ञान के हो रु के हाम्रो समाजले सधैँ नारीहरुलाई कमजोर मात्र बनाउन खोजेको हो रु के हामी सधैँ आँशुमै बिताइराख्ने हो रु हामीलाई कहिलेसम्म रावणले हरण गर्ने, कहिलेसम्म दुस्शासनले नाङ्गो बनाउने अनि कहिलेसम्म हामी चुप लाग्ने रु
हामीमाथि अत्याचार गर्नेहरुले नै हाम्रो उद्दार गरे हुन्थ्यो भनेर कहिलेसम्म आँशु झार्ने रु
कस्तो उदाहरणीय व्याख्या छ, हाम्रो समाजको । एउटा केटाले दुइटी बिहे गरेर एउटै घरमा राख्दा पुरुषत्व देख्ने समाजले एउटी केटीले दुइटा केटालाई त्यसैगरी राख्न खोज्यो भने नारीत्व देख्न सक्ला त रु
मानव सभ्यताको लामो इतिहासमा आज पहिलो चोटि पुरुषहरुमाथि, उनीहरुको चरित्रमाथि औँला उठेको छ । आज पहिलो चोटि सीताले रामसँग अग्निपरीक्षाको माग राख्दै छे ।
किन आजका रामहरु आत्तिएका छन्, बौलाएका छन् रु कथा नलेखिँदै किन कथा मेट्न आतुर छन् रु अग्निपरीक्षा हामी मात्र दिन सक्दैनौँ, तिमीहरुले पनि दिनु पर्छ । यौन दुव्र्यवहारमा नाम आउँदा त्यसै भाग्न पाउँदैनौ किनभने अबका शिरिषका फूलहरु एक स्पर्शमा ओइली झर्ने छैनन् ।
आऊ, मेरो अनुमतिबिना मलाई स्पर्श गर्ने आँट गर ।
नागरिकको शुक्रबार साप्ताहिकबाट हामिले साभार गरेका हौ ।