‘कबड्डी कबड्डी कबड्डी’ मा दया र कर्माको जोडी उपासना

अन्ततः ‘कबड्डी’ को तेस्रो सिरिजका लागि कलाकारको लाइनअप पूरा भएको छ । लामो समयदेखि फिल्ममा अभिनेता प्रदीप खड्काको प्रवेश हुने चर्चा थियो । आफूलाई ‘स्टार’ बनाएको ‘प्रेमगीत’ को तेस्रो सिरिजमा व्यस्त हुने भएपछि उनले ‘कबड्डी कबड्डी कबड्डी’ बाट हात झिकेका छन् । उनको ठाउँमा अभिनेता कर्मा भित्रिएका छन् । अभिनेता दयाहाङ राई यथावत छन् ।
यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । यस वर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउने बताइएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । यो फिल्मको अघिल्ला दुई सिरिज पनि उनैले निर्देशन गरेका थिए । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा फिल्म बन्न लागेको हो ।