खेलाडीलाई मासिक तलब दिन संसदीय उपसमितिको सुझाव

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको युवा तथा खेलकुद उपसमितिले राष्ट्रिय खेलाडीलाई मासिक तलब दिन सुझाव दिएको छ ।
राष्ट्रिय टिममा परेका खेलाडीलाई नियमित पारिश्रमिकको ब्यवस्थाका लागि सरकारलाई निर्देशन गर्न सिफारिस गर्दै उपसमितिले बुधबार मूल समितिमा प्रतिवेदन बुझाएको छ । खेलको बर्गीकरण गरी प्राथमिकता निर्धारण गर्न, खेलहरुको विशेष कार्ययोजना बनाउन, खेलाडीका लागि छुट्टै बजेटको ब्यवस्था गर्न र राष्ट्रिय खेलाडी र राष्ट्रिय टिमको स्पष्ट परिभाषा गर्नसमेत उपसमितिले सिफारिस गरेको समाचार अनलाईन खबरमा छ । ।