बङ्गलादेशसँगको चाैथाे टी–ट्वान्टीमा अस्ट्रेलिया विजयी

जनपत्र
२४ श्रावण २०७८, आईतवार ०७:३०

काठमाण्डाै – घरेलु टोली बङ्गलादेशसँगको चाैथाे टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले बङ्गलादेशलाई ३ विकेटले हराएको हो ।

ढाकामा बङ्गलादेशले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका डान क्रिस्टियनले ३९, एस्टन अगरले २७ र मिचेल मार्शले ११ रन बनाए । बङ्गलादेशका महेदी हसन र मुस्ताफिजुर रहमानले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । बङ्गलादेशका लागि मोहमद नाइमले २८, महेदी हसनले २३, अफिफ होसेनले २० तथा शकिव अल हसनले १५ रन जोडे । अस्ट्रेलियाका एन्ड्रयु टे र मिचेल स्विपसनले ३/३ विकेट लिए ।

जोस हाजलउडले २ विकेट लिए । पाँच खेलको श्रृङ्खला यसअघि बङ्गलादेशले जितिसकेको छ । पाँचाैँ तथा अन्तिम खेल भोलि बेलुका हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*