हिन्दु परम्पराअनुसार बिवाह मिति तय गर्दै रबि र निकिता

चलचित्र विकास बोर्डकी पुर्व अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रबि लामिछानेले हुन्दु रितिरिवाज अनुसार धुमधामका साथ बिवाह गर्ने भएका छन्। बिवाह मिति तय भइसकेको छ। बिवाह यहि जेठ ३ गते भक्तपुरको एक होटलमा हुने भएको छ । रबिले केहि समय पहिले जेठी श्रीमतीलाई डिभोर्स दिएपछि निकितासंग कोर्ट म्यारिज गरेका थिए। २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका रबि लामिछानेले केहि समय अघि स्टाटस मार्फत ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको’भन्दै ‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा बिवाह गरेको उल्लेख गरेका थिए । निकिताको पनि ७ वर्ष पहिले नै डिभोर्स भएको थियो। रबि र निकीताले कोर्ट म्यारीज गरेपनि हिन्दु रिवाजले हामीले बिहे गर्नेछौं भनेका थिए । रवि र निकिताले होटेल म्याष्टिक माउनटेन नगरकोट, भक्तपुरमा एक समारोह बिच बिवाह गर्न लागेका हुन।
