नेपाली चेली बन्दना नेपालको नाम गिनिज बुकमा, लगातार १२६ घन्टा नृत्य रेकर्ड

जनपत्र
२३ बैशाख २०७६, सोमबार १२:३५

लगातार १२६ घन्टा नृत्य गरेर नेपाली चेली बन्दना नेपालले आफ्नो नाम गिनिज बुक अफ वल्ड रेकर्डसमा लेखाउन सफल भएकी छिन । बन्दना नेपाल फाउन्डेसनद्धारा आयोजित कार्यक्रममा बन्दना नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गिनिज बुक अफ वल्ड रेकर्ड को सर्टिफिकेट प्रदान गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता र राम नेपालको अभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बन्दना नेपालले नृत्य पनि प्रस्तुत गरेकी थिईन । बन्दनाले आफ्नो सपना साकार भएकोमा खुसी ब्यक्त गर्दै सपना साकार पार्न सर्वप्रथम घर परिवार अनि पत्रकारहरुको हात रहेकोले सबैलाई धन्यबाद समेत दिएकी छिन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*