टोकियो ओलम्पिकमा २० स्वर्णसहित चीन पहिलो स्थानमा

जनपत्र
१६ श्रावण २०७८, शनिबार १८:३८

काठमाण्डाै – जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ ।

यस्तै दोस्रो स्थानको जापानले १७ स्वर्ण, चार रजत र आठ कास्यसहित २९ पदक जितेको छ । १६ स्वर्ण, १२ रजत र १२ कास्य गरी ४५ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ । चौथो स्थानको रुस ओलम्पिक कमिटीले १० स्वर्ण, १५ रजत र ११ कास्य गरी ३६ पदक जितेको छ । यस्तै बेलायतले आठ, दक्षिण कोरियाले पाँच, नेदरल्याण्डले चार तथा फ्रान्स, क्यानडा, न्युजिल्याण्ड, चेक रिपब्लिक र क्रोएसियाले ३/३ पदक जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*