कोभिड १९ ले नेपालको शिक्षा क्षेत्रमा पारेको असर

कृष चन्द्र खनाल
९ श्रावण २०७८, शनिबार ११:२९

शिक्षा व्यक्ति, समाज, राष्ट्र र बिश्वकै बिकासको निम्ति अनिवार्य एबं महत्वपूर्ण क्षेत्र हो| त्यसकारण नेपालको संबिधान २०७२ ले पनि प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिबार्य र नि:शुल्क तथा माध्यमिक तहसम्म नि:शुल्क शिक्षा पाउने हक प्रत्याभूत गरेको छ| मातृभाषामा शिक्षा पाउने हकलाई समेत सुनिश्चित गरेको छ| तर सन् २०१९ को डिसेम्बर महिनामा उत्तरी बिशाल छिमेकी मुलुक चीनको वुहान शहरमा देखा परेको कोभिड १९ ले बिश्वभर आक्रान्त पारेको छ| जसले गर्दा बिश्व भरकै आर्थिक-सामाजिक क्षेत्रमा ठूलो असर पारि बिश्व मानबको जनजीवनलाई नै अस्तव्यस्त बनाईदिएको छ|

वर्तमान अबस्थामा शिक्षामा पारेको असरहरु

सामाजिक क्षेत्र मध्येको अति नै महत्वपूर्ण क्षेत्र शिक्षालाई त झनै ठूलो असर पारेको छ | नेपालमा पनि शिक्षा क्षेत्र कोभिड १९ को असरका कारण अपूरणीय क्षती हुनपुगेको छ | त्यस्तै शिक्षा क्षेत्र संगसंगै स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, व्यापार,वित्तीय एबं सेवा लगायतका क्षेत्रहरुमा उतिकै असर पारेको छ| मानब अस्तित्वलाई नै चुनौती दिइरहेको अवस्था छ|

सामान्यतया १८ वर्षमुनि उमेर भएका व्यक्तिहरुलाई बालबालिका भनेर परिभाषित गरिएको पाइन्छ। नेपालको हालको जनसंख्या २ करोड ९२ लाख जति रहेको र त्यसको करिब ३० प्रतिशत (८८ लाख) जति १८ वर्ष मुनिको संख्या बालबालिकाको छ। १८ वर्ष मुनिका बालबालिका भनेको माध्यमिक बिध्यालयतह सम्मका अध्ययनरत बिध्यार्थी हुन्|

विश्वभर हेरिने हो भने एक अर्ब तीस करोड बिद्यार्थी प्रभावित हुने गरि संसार भर नै बिद्यालय बन्द भएको छ| नेपालमा पनि यस रोगलाई फैलन नदिनको लागी सम्पूर्ण शैक्षिक संघसस्थाहरु बन्द गरिएको छ| जसलेगर्दा बालबालिकाहरु बिद्यालय जान र शिक्षा प्राप्तगर्ने अवसरबाट बन्चित भएकाछन्| हालको अवस्थाका बीच पनि सुरक्षित तवरले बिद्यालय पुन: संचालन गर्नको लागि के कस्तो कार्य गर्न सकिन्छ भन्ने कुरा आजको प्रमुख आवश्यकता हो|

हाल नेपालमा डिजिटल माध्यमबाट शिक्षा दिने कार्यहरु संचालनमा आएका छन्| तर शहरी क्षेत्रका केहि निजी र सामुदयिक बिद्यालय हरुले मात्र यस कार्यलाई निरन्तरता दिन सकेका छन् भने हजारौहजार सामुदायिक विद्यालयहरु डिजिटल शिक्षालाई अवलम्बन गर्न सक्ने क्षमता नरहेको अवस्था बिध्यमान छ| बिशेषतः भौगोलिक विकटता, प्राबिधिक जनशक्तिको कमि, अभिभावकको चेतनाको कमि र पूर्वाधारको कमि जस्ता कारणहरुले गर्दा सामुदायिक बिध्यालयमा अध्ययन गर्ने बिध्यार्थीहरु ठूलो मारमा पारेका छन्|

नेपालमा हाल ४९,२०० समुदायिक बिध्यालय र १४,८०४ निजि बिध्यालयहरु संचालनमा छन्| त्यसमा अध्ययनरत बिध्यार्थीहरु ४६,७२,६०६ सामुदायिक बिध्यालयमा अध्ययन गर्ने बिध्यार्थी छन् भने १४,२०,५३८ निजि बिध्यालयमा अध्ययन गर्ने बिध्यार्थीहरु छन्| डिजिटल माध्यमले कुल बिध्यार्थीको ५० प्रतिशत भन्दा कमलाई मात्रै शिक्षा दिन सकेको अवस्था छ भने बाँकी रहेको ५० प्रतिशत भन्दा बढी संख्याका बिध्यार्थीहरु शिक्षाबाट बन्चित हुन् पुगेका छन्|शिक्षा प्राप्त गर्ने नैसर्गिक हकलाई कोभिड-१९ ले कुण्ठित बनाई दिएको छ|डिजिटल माध्यामलाई नेपाल सरकारले सम्पूर्ण बिध्यार्थी र भूगोलको बालबालिकाको पहुँचमा पुरयाउन सके शिक्षाको पहुँच परिष्कृत हुन्थ्यो कि?

“दिगो बिकासको लक्ष्य २०३०” अन्तर्गत पर्ने गुणस्तरीय शिक्षा हाम्रो बाल अधिकार पनि हो| अत: सरकार, बिद्यालय, अभिभावक साथै राष्ट्रिय अन्तरास्ट्रिय संघ संस्थाले यस बिषयमा बेलैमा ध्यान पुर्याउनु पर्दछ| अन्त्यमा स्वास्थ्य क्षेत्रका बैज्ञानिकहरुको अथक प्रयासको कारण कोरोना निराकरण गर्ने खोपको बिकास भई संचालनमा आएको छ| तर १८ बर्ष भन्दा मुनिका बालबालिकालाई लगाइने खोप हालसम्म नआएको र अनुसन्धानको तहमा रहेको छ| तर खोपको बिकास भई विश्वभरका बिध्यार्थीहरु छिट्टै नै बिध्यालयगई शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गर्ने आशा पलाएको छ|

हामी बालबालिकाहरुले यस विषम परिस्थितिमा घरमै रहेर आफ्नो बुवा आमाहरुलाई घरको काम सघाउने र जिबनोपयोगी सिप सिक्ने समयको रुपमा सदुपयोग गर्न सके भबिष्य उज्जल हुने छ|

लेखक लिटल फ्लावर स्कुल नारायणगढ, चितवन, कक्षा ७ “ख” पढ्दै आउनुभएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*