‘द हन्ड्रेड’ प्रतियाेगिता गुमाउने भएपछि सन्दीप निराश

जनपत्र
५ श्रावण २०७८, मंगलवार १९:३३

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाकै कारण द हन्ड्रेड क्रिकेट प्रतियोगिता नखेल्ने पक्का भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले इङ्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिता गुमाउने पक्का भएको जानकारी दिएका हुन् ।

यो प्रतियोगिता गुमाउन पुगेकोमा आफू निकै निराश भएको सन्दीपले फेसबुकमा लेखेका छन् ।

यही बिहीवारदेखि सुरु हुने प्रतियोगितामा सन्दीपलाई झन्डै एक करोड नेपाली रुपैयाँमा ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो ।

गएकाे असार २४ गते इङ्ल्यान्ड गएका सन्दीपले गएकाे साेमवार बेलायत सरकारबाट मान्यता प्राप्त होटलमा १० दिनको क्वरेन्टीन समय माग गरेका थिए । इङ्ल्यान्ड क्रिकेट बाेर्ड (ईसीबी) काे निर्देशनअनुसार आफूले भिसाका लागि आवेदन दिएकाे पनि सन्दीपले बताएका छन् ।

सन्दीपले आफ्नाे भिसा किन वैध नभएकाे भन्दै ईसीबीलाई प्रश्न पनि गरेका छन् । प्रतियाेगितामा आफ्नाे उपस्थितिलाई लिएर उत्साहित भएका प्रशंसकसँग पनि सन्दीपले माफी मागेका छन् ।

सन्दीप नखेल्ने भएपछि उनकाे ठाउँमा टी–२० वरीयताका नम्बर एक बलर दक्षिण अफ्रिकाका तबरिज साम्सीलाई खेलाउने बुझिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*