आमा

जनपत्र
२१ बैशाख २०७६, शनिबार १४:२५

दिपक सिंह रुम्बा हेटौंडा, मकवानपुर

आँ गर्दा
माम दिने मान्छे
निस्वार्थ माया गरि
मुसुक्क हाँसिरहने मान्छे
आफ्नो सन्तानको लागि
पल पल मर्दै
आफ्नो सन्तानको लागि
बाँचिरहने मान्छे भनेकै
महान आमा

नौ महिना कोखमा
जन्मपछि काखमा
तातेताते गर्न सक्ने
सन्तानलाई पिठ्युँमा बोकिरहने मान्छे
आफ्नो भोक प्यास थाहै नहुने
तर सन्तान भोकै होला भनि
दुख, पिडा र बेदना
सँहदै बाँचिरहने मान्छे भनेकै
महान आमा

आफैले जन्माएको
छोराछोरीले
घरबाट निकालेर
बृद्धाआश्रममा पठाउँदा हाँसी जाने मान्छे
भोकै नबसेस
बेलामा खाएस
नातिनातीनाको ख्याल गरेर
भन्दै घरबाट निस्कने मान्छे भनेकै
महान आमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*