इङ्ल्यान्डका तीन खेलाडी सङ्क्रमित, बेन स्टाेक्सकाे कप्तानीमा नयाँ टिमकाे घाेषणा

काठमाण्डाै – तीन खेलाडी र चार कर्मचारीसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि इङ्ल्यान्ड क्रिकेट बोर्डले नयाँ १८ सदस्यीय टिमको घोषणा गरेको छ । नयाँ टिममा नौ जना राष्ट्रिय टिमबाट डेब्यू गर्ने खेलाडी रहेका छन् । यो टिमको कप्तान बेन स्टोक्स रहेका छन् ।
पाकिस्तानसँग एकदिवसीय सिरिज सुरु हुनभन्दा दुई दिनअघि इङ्ल्यान्डका तीन खेलाडी र चार कर्मचारीमा कोरोना पुष्टि भएको हो । इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)का अनुसार सङ्क्रमित खेलाडी र कर्मचारीलाई आइसोलेशनमा पठाइएको छ । उनीहरूको सम्पर्कमा आएका बाँकी खेलाडी र सदस्यहरूलाई क्वरेण्टीनमा पठाइएको ईसीबीले जनाएको छ ।
इङ्ल्यान्ड र पाकिस्तााबीच बिहीवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला सुरु हुँदैछ । यी दुईले तीन खेलको टी–२० शृङ्खला पनि खेल्ने छन् ।
यस्ताे छ इङ्ल्यान्ड टिम–
बेन स्टाेक्स, जेक बल, डेनी ब्रिग्गस, ब्रेडन केर्स, जेक क्रले, बेन डुकिट, लिविस ग्रेगाेरी, टम हेल्म, विल ज्याक्स, ड्यानियल लरेन्स, सकिब महमूद, डेविड मलन, क्रेग ओभरटर्न, म्याट पार्किन्सन, डेभिड पेन, फिल साल्ट, जाेन सिम्पसन र जेम्स भिन्से ।






