नेमारले फ्यानलाई मुक्का हानेपछि..

जनपत्र
१७ बैशाख २०७६, मंगलवार ०७:०६

एजेन्सी । चर्चित फुटबलरहरु सामान्यतया आफ्नो रिसलाई नियन्त्रण गर्ने स्वभावका हुन्छन् । खेलाडी पनि अन्य मानिस झैं भएकाले रिस उठ्नु स्वभाविक भएको बताइन्छ । यतिका बावजुद विश्वको ध्यान केन्द्रित गर्ने यस्ता खेलाडीहरुले कहिलेकाहीं आफ्नो नियन्त्रण गुमाइ गलत कदम उठाउने गरेका छन् । ब्राजिलका चर्चित फुटबलर नेमारको यस्तै घटना घटेको छ । आजै भएको कोपा डे फ्रान्स फुटबल प्रतियोगिताको फाइनलमा नेमारको टोली पेरिस सेन्ट–जर्मेन (पीएसजी) पेनाल्टी शुटआउटमा रेन्नेससँग पराजित भएपछि क्षुब्ध भएका नेमारले फ्यानमाथी आक्रोश पोखेका हुन् ।
घाइते भएकाले लामो समयदेखि मैदान अनुपस्थित रहेका नेमार आजको खेलको लागि फिट घोषित भएपछि पीएसजीको लागि खेलेका थिए । खेलको २१ औं मिनेटमा उनले गोल पनि गरे । हालै फ्रान्सको लिग वानको उपाधि जितेको पीएसजीले यो प्रतियोगिता जित्दै दबदबा कायम गर्ने सोच बनाएपछि खेलको नतिजा आफ्नो पक्षमा पार्न भने सकेन । निराश भएका नेमार आफ्नो साथी खेलाडीहरुसँग ड्रेसीङ रुममा फर्किने क्रममा फ्यानले मोबाइल तेर्साएपछि रिसाएका थिए । उक्त घटना भिडियोमा कैद भएको छ ।
उनले आफुतिर तेर्साएको ति फ्यानको मोबाइल नेमारले हातले धकेलेपछि दुईबिच भनाभन भयो । रिसको झोकमा अघि लागिसकेका नेमारले मुक्का हानेपछि फ्यानलाई लागेको थियो । मुखमै लागेपनि मुक्का भने सामान्य रहेकोले उनलाई खासै ठुलो चोट भने लागेन । मोबाइलबाट खिचेको उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । नेमारलाई ती व्यक्तिले के भने भन्ने कुरा खुलेको भने छैन ।चोटले मैदान बाहिर रहेका नेमारको यो कदमले उनलाई समस्या पार्ने बताइन्छ । मैदान बाहिरको क्रियाकलापको कारण नेमार समस्यामा आएको यो पहिलोपटक होइन । हालै च्याम्पियन्स लिग प्रतियोगिता ताका नेमारले सामाजिक संजाल मार्फत् म्याच अफिसियलको आलोचना गरेपछि उनलाई तीन खेलको प्रतिबन्ध लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*