उदयपुरमा अज्ञात रोगबाट नौं जना सिकिस्त, एकको मृत्यु
उदयपुर / उदयपुरमा अज्ञात रोगबाट नौं जना सिकिस्त विरामी परेका छन भने एक जनाको मृत्यु भई सकेको छ । उदयपुरको रौतामाई गाउँपालिका ६ नामन्तमा एकै खलकका नौं जनामा अज्ञात रोग देखा परेको हो ।
सुरुमा हात काँप्ने, विस्तारै खुट्टा, टाउँको अनि पूरै शरिर हल्लिएर काँप्ने रोगले नामन्तका खड्गबहादुर समाल मगर विगत १० वर्षयता पीडित हुँदै आएको हो ।
यस्तै प्रकृतिको रोगले च्यापेर गत चैत २७ गते दुर्गाबहादुृर समाल मगरको ज्यान गईसकेको छ भने अर्का एक बृद्ध अन्तिम अवस्थामा पुगेका छन् । १० वर्षअघि काँप्ने रोगले छोएको ७० वर्षीय डम्बरबहादुर समालको अवस्था गम्भीर अवस्थामा पुगेको छ । १० वर्षदेखि हात काँप्न थालेका डम्बरबहादुरको शरिर अहिले एकै मिनेट अडिदैन । हात, खुट्टा टाउको सँगसँगै हल्लिने उनको दुईवर्षयता बोलीसमेत बसिसकेको छ ।
मुन्टो हल्लाएको हल्लाएकै, हात खुट्टा अनवरत रुपमा हल्लिरहने उनी २४ घण्टै ओछ्यानमा पल्टिरहनुपर्ने बाध्यता छ । विहान बेलुका खाना खुवाउने, दिसापिसाव लाने र हात मुख धोईदिने काम सबै नाति नातिनाले गर्नु परेको भतिजा मोहन समाल मगरले बताए ।