पहिलो मकवानपुर जर्नालिजम अवार्ड

थाहानगर / क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मकवानपुरको थाहा नगरपालिका पहिलो मकवानपुर जर्नालिजम अवार्ड भब्यताको साथ सम्पन्न भएको छ ।शुक्रबार साँझ सम्पन्न भएको अवार्डमा मकवानपुरमा क्रियाशिल दुई दर्जन पत्रकारहरुले विधागत रुपमा अवार्ड प्राप्त गरे भने विभिन्न क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई खबरब्रेक सम्मानबाट समेत सम्मानित गरिएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी सहित मकवानपुरका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले विजेताहरुलाई अर्वाड प्रदान गरेका थिए । कार्यक्रमअघि मकवानपुरको पर्यटन पर्वद्धनमा मिडियाको भूमिका विषयक सेमिनार कार्यक्रम समेत भएको थियो । कार्यक्रमलाई प्रदेश नंबर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले संवोधन गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले पर्यटनको विषयमा प्रस्तुती दिएका थिए ।
यि हुन विजयीहरु
लाईफटाईम अचिभमेन्ट अवार्ड २०७५
प्रताप विष्ट : कान्तिपुर दैनिक
सर्वोत्तकृष्ट वर्ष पत्रकार अवार्ड २०७५
राजन दाहाल : एभिन्युज टेलिभजन
सर्वोत्कृष्ठ खेल पत्रकार अवार्ड २०७५
सुवास विडारी : साझाकुरा दैनिक
सर्वोत्कृष्ठ चलचित्र पत्रकार अवर्डा २०७५
श्रीराम अर्जुन : सिधाखबर डटकम
सर्वोत्कृष्ठ संसदिय रिर्पोटिङ अवार्ड २०७५
नगेन्द्र अधिकारी : कान्तीपुर दैनिक
सवोत्कृष्ठ खोज पत्रकारीता अवार्ड २०७५
कृष्ण सारु मगर : अन्नपुर्ण पोष्ट दैनिक
सर्वोत्कृष्ठ सामाजिक पत्रकारीता अवार्ड २०७५
हरी हुमागाँई : हेटौडा सन्देश दैनिक
सर्वोकृष्ठ शिक्षा , कृषि पर्यटन पत्रकारीता अर्वाड २०७५
प्रिया पौडेल : सम्वृद्धसमाज दैनिक
सर्वोत्कृठ राष्ट्रिय मिडिया रिर्पोटर अवार्ड २०७५
सुदिप सिवाकोटी : नयाँ पत्रिका दैनिक
सर्वोत्कृठ बजार ब्यवस्थापक अर्वाड २०७५
मनोज देवकोटा : शक्ति एफएम
सर्वोत्कृठ रेडियो पत्रकार अवार्ड २०७५
एमपि शर्मा : हेटौडा एफएम
सर्वोत्कृठ युवा पत्रकार वर्ष अवार्ड२०७५
प्रमोद अर्याल : प्रदेश दैनिक
सर्वोत्कृष्ठ उदयिमान पत्रकार वर्ष अवार्ड २०७५
अमृत चिमोरीया : चितवन पोष्ट दैनिक
सर्वोत्कृष्ठ महिला पत्रकार अर्वाड २०७५
नानीमाया सापकोटा : टिम टेलिभिजन
सर्वोत्कृष्ठ रेडियो प्राविधिक अर्वाड २०७५
दर्शन क्षेत्री : रेडियो थाहा संचार
सवोत्कृष्ठ युवा संचार उद्यमी अर्वाड २०७५
बालकृष्ण दाहाल : रेडियो अनमोल
सर्वोत्कृष्ठ फोटो पत्रकार अर्वाड २०७५
विक्रम बाँनिया : गोलनेपाल डटकम
सर्वोत्कृष्ठ टिभि रिर्पोटर अर्वाड २०७५
पुष्पराज अधिकारी : जनता टेलिभिज
सर्वोत्कृष्ठ अर्थ पत्रकार वर्ष अवार्ड २०७५
केशव समर्पण : कारोवार दैनिक
सर्वाेत्कृष्ठ विकास पत्रकारिता अर्वाड २०७५
वालकृष्ण अधिकारी : कान्तिपुर टेलिभिजन
सर्वोत्कृष्ट फिचर रिर्पोट अर्वाड २०७५
देबराज पन्त : न्युज २४ टेलिभिजन
सर्वोत्कृष्ठ अनलाईन पत्रकार अर्वाड २०७५
सुरजकुमार भुजेल ः विकासखबर डटकम
सर्वोत्कृष्ट क्यामरामेन अवार्ड २०७५
कपिल खड्का ः टिम टिभी
सर्वाेत्कृठ सम्पादक वर्ष अवार्ड २०७५
सुरेश श्रेष्ठ ः सम्वृद्ध समाज दैनिक
क्रियाशिल पत्रकार अवार्ड २०७५ (उत्तरी क्षेत्र)
मञ्जरी बलामी ः विकास खबर डटकम