नेपालमै मोबाइल उत्पादन ! सम्भाव्यता अध्ययन हुँदै
काठमाडौं, वैशाख १५ । नेपालमा मोबाइल उत्पादन गर्ने र एसेम्बल गर्ने उद्योगको सम्भाव्यताबारे गरिएको अध्ययन अन्तिम चरणमा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नेपालमा मोबाइल उद्योगको बजार, मोबाइल उत्पादन गर्ने कम्पनीको लागि आवश्यक पर्ने कानुन र नीति तथा सुविधाको विश्लेषणसहित अध्ययन प्रतिवेदन बुझाउन एभरेष्ट टेलिकम सर्कल नामक कम्पनीलाई जिम्मा दिएको थियो ।
कम्पनीले सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । –कान्तिपुर दैनिकबाट