अनमोललाई पाउने भाग्यमानीः सुहाना थापा

जनपत्र
१४ बैशाख २०७६, शनिबार १४:१०

डेब्यु नायिका सुहाना र अनमोल बिचको प्रेमको चर्चापनि हुन थालेको छ । कतिले चलचित्र चलाउने फण्डाको रुपमा हेरेका छन् भने कतिले चलचित्रको छायांकनबाट नजिक भएपनि साँच्चैनै प्रेममा छन् ? भन्ने प्रश्नपनि गर्न थालेका छन् । उनै सुहानालाई अनमोसँगको प्रेमको बिषय र चलचित्रसँग सम्बन्धित  गोपिकृष्ण चापागाईंले केहि प्रश्न गरेका छन् ।

अहिले तपाई र अनमोल प्रेममा हुनुहुन्छ भन्ने चर्चा छ, साँच्चीकै होकि फिल्म चलाउने फण्डा ? 

यो कुरा चलचित्रकै कारणले आएको हो । हामी चलचित्रमा प्रेम गरेका छौं, हरेक अन्तवार्तामा सँगै छौं, कार्यक्रममा सँगै छौं त्यसैले पनि यो कुरा आएको हो जस्तो लाग्छ । मैले अहिलेनै प्रेमको बिषयमा सोचेकी छैन । हामीले प्रेममा छौं या छैनौं भन्दा पनि बाहिर बाहिर यतिकै आएको कुरा हो ।

अनमोल र तपाईको धेरै कुरा मिल्दो रहेछ । दुबै जना कृष्ण भक्त भन्ने कहिले थाहा भयो ? 

म स्कनमा पहिलो पटक मन्दिर दर्शन गर्न गएकी थिएँ, त्यहाँको माताले अनमोल पनि यहाँ आउँदा उ पनि कृष्ण भक्त हो भन्नुभएको थियो । त्यो बेला थाहा भएको थियो अनमोल पनि कृष्ण भक्त रहेछ । कोहि ब्यक्ति आफूजस्तै छ भने मन सान्त हुँदो रहेछ । कुराहरु सेयर गर्दा पनि आनन्द हुन्छ ।

प्रेमको चर्चा भइरहदा सोच्न बाध्य हुनुभयो होला । अनमोल तपाईलाई कस्तो लाग्छ ? 

अनमोल एकदम मनको सफा मान्छे हो । प्रेमको बिषयमा त्यस्तो सोचेकी छ छैन । पछिको कुरा के हुन्छ भन्न त सक्दिन तर उनलाई पाउने मान्छे भाग्यमानी हुन्छ । र यदि उ मेरो जीवनमा आयो भने आफूलाई लक्की सम्झन्छु ।

चलचित्रमा आउन हतार गरेजस्तो लाग्दैन ? 

मलाई त बरु ढिलो आएँकि जस्तो लागिराको छ । किनकी अहिले २१ बर्ष पुगिसकेकी छु । किनभने मेरो मम्मीले १८ बर्षको उमेरमै पहिलो चलचित्रमा काम गरिसक्नुभएको थियो । त्यो हिसाबले चाँही आफू ढिलो भएकी जस्तो लाग्छ ।

ए मेरो हजुरमा तपाई जोडीनुमा मुख्य कारण कस्को छ ? 

मुख्य कारण त मेरो मम्मी नै हुनुहुन्छ । यता चलचित्रको स्क्रिप्ट र नायक अनमोल फाइनल भइसकेपछि म अमेरिकामै हुँदा मम्मीले फोन गर्नुभएको थियो । अब तिमीले फिल्म गर्नुपर्छ भन्दा मैले बिश्वास नै गरेकी थिइँन । मैले अहिलेनै फिल्म गर्न सक्छु र भन्ने लागेको थियो । पछि कन्भिन्स भएँ र नेपाल आएँ ।

आफ्नै आमाले एक्सन कट गर्दा कत्तिको गाह्रो र सहज अनुभव भयो ? 

आफ्नै मम्मी डाइरेक्टर हो भन्दा केहि सहज त हुन्थ्यो तर जब छायांकनस्थलमा गइन्थ्यो उहाँ मेरो मम्मी भन्दा पनि मैले डाइरेक्टरको नजरबाट हेर्थेँ । कडा निर्देशक भन्न चाहान्छु मम्मीलाई । कतिपय बेला परिवारनै हुँदा अल्छिपना हुन्थ्यो तर मम्मीले त्यस्तो बेला कडा गर्नुहुन्थ्यो ।

नेपाली चलचित्र क्षेत्रलाई उकास्न के पुगेको छैन जस्तो लाग्छ ? 

अहिले नेपाली चलचित्रक्षेत्रमा राम्रो ब्यानरको चलचित्र एकैसमय प्रदर्शन भइरहेका छन् । समय मिलाएर यस्तो चलचित्र प्रदर्शन हुने हो भने हलमा आउने दर्शकलाई नेपाली चलचित्र पनि राम्रो बनेको छ भन्ने अनुभव हुन्थ्यो । एकपटक दर्शकले हेर्दा नेपाली चलचित्र यस्तै त हो भन्ने भएको हुन्छ फेरी अर्को पटक हेर्दा पनि त्यहि फिल भयो भने फेरी दर्शक हलसम्म नजान सक्छन् । राम्रो ब्यानरको चलचित्रलाई समय मिलाएर प्रदर्शन गर्नु आवश्यक छ जस्तो लाग्छ । मेरो मनमा कहिले काँही भाग्यको खेल हो जस्तो पनि लाग्छ । कत्ति राम्रो चलचित्र बनिरहेको हुन्छ, प्रदर्शनको बेला कहिले ठुलो पानी परिदिन्छ, कहिले केहि भबितब्य भइदिन्छ त्यो बेला कसलाई के भन्ने ?

अब अर्को चलचित्रमा अनमोल नै चाहिन्छ कि अरु नयाँ कलाकार भएपनि हुन्छ ? 

अनमोल नै चाहिन्छ भन्ने होइन तर एकपटक काम गरिसकेकोले कसैले अनमोललाई नै लिएर चलचित्र बनाउनु हुन्छ भने म सहमति हुन्छु तर मुख्य कुरा स्क्रिप्ट नै हो । स्क्रिप्ट राम्रो छ भने अनमोल नै हुनुपर्छ भन्ने छैन, अन्य नयाँ कलाकारसँग पनि गर्छु ।
आर्टिस्टखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*