जन्मदिनको शुभकामना भुकम्प

जनपत्र
१२ बैशाख २०७६, बिहीबार ०७:३६

दिपक सिंह रुम्बा
हेटौंडा, मकवानपुर

निस्ठुरी भुकम्प
जमिन पुरै चर्काउँदै धर्ति थरथराउँदै
तिमि आएको अनि नेपालीले पिडा पाएको पनि ठ्याक्कै ४ वर्ष पुगेछ
कयौँले प्राण त्यागेको, घर ढलेको, जमिन चिराचिरा भएको अनि
नेपाली पिडामा छट्पट्टिएको पनि ठ्याक्कै ४ वर्ष पुगेछ
तिमिलाई
जन्मदिनको शुभकामना भुकम्प

आफ्नै घर अचानो भएको दिन
आप्mनै गाउँबस्ती चिहान भएको दिन
कत्ति आमा बुबाको काख रित्तियो
कत्ति छोराछोरीका टुहुरो बनायो
अझै बेलाबेलामा तर्साउँदै छौ तर्सिरहेको पनि ठ्याक्कै ४ वर्ष पुगेछ
तर्साउनु तर्सायौ, पिडा बर्साउनु बर्सायौ
अब चाँहीदैन तिम्रो साथ
तिमिलाई
जन्मदिनको शुभकामना भुकम्प

सम्पत्ती भासिएको अनि परिवार नासिएको दिन
सामान फुटेको अनि मन टुटेको दिन
अभिभावक हराएको अनि सन्तान डराएको दिन
रोई कराई प्राणको भिख भगवानसंग मागेको अनि
भुकम्प आयो आयो भन्दै भागेको पनि ठ्याक्कै ४ वर्ष पुगेछ
बास गुमाएको, सास गुमाएको अनि आश गुमाएको अनि
भुकम्प तिमिले रित्याएको पनि ठ्याक्कै ४ वर्ष पुगेछ
तिमिलाई
जन्मदिनको शुभकामना भुकम्प

पापी भुकम्प
अब तिमी फेरी–फेरी नजन्मनु
अनि नजन्माउनु है निम्रा लालाबाला
अब त पुगिसक्यो हेर्न तिम्रो ताण्डब
जे छ त्यसैमा खुसी छौ हामी
नल्याउनु कुनै उथलपुथल अब
तिमि निर्दोष नेपालीको काल बनेको पनि ठ्याक्कै ४ वर्ष पुगेछ
नेपाली हाँसेको हेर, खुसीमा नाचेको हेर
फर्केर नआउ हामी अनि उत्सव मनाउला
तिमिलाई
जन्मदिनको शुभकामना भुकम्प
दिपक सिंह रुम्बा
हेटौंडा, मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*