चुइंगम पेटमा पुग्यो भने के हुन्छ ? जान्नुहोस

चुइंगम पेटमा पुग्यो भनेर डराउनु नपर्ने रहेछ । नयाँ अध्ययन अनुसार, चुइंगम पच्छ पनि अनि त्यसले हाम्रो स्मरणशक्ति पनि बढाउँछ । चुइंगम निलिएमा डराउनुपर्दैन किनकि यो अन्य खानाजस्तै पच्छ तर यसको पाचनमा अलि बढी समय लाग्छ । हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्ने गर्छ ।
यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा निर्भर रहने बताइन् । तर चुइंगम पच्ने चाहिँ सुनिश्चित रहेको उनको तर्क छ । तर पच्छ भन्दैमा जानीबुझी चुइंगम ननिल्नुस् । धेर चुइंगम नचपाउनुस् र पाचनप्रणालीलाई विना कारण दबाब सहने स्थिति नल्याउनुस् ।