विराज भट्टले प्राविधिक पाण्डेसँग माफी मागे

जनपत्र
१० बैशाख २०७६, मंगलवार १६:१२

सोमवार साँझ आफूले निर्माण र निर्देशन गर्न लागेको फिल्म ‘साङ्लो’ का निर्माण नियन्त्रक शंकर पाण्डेमाथि कुटपिट गरेका एक्सन स्टार विराज भट्टले माफी मागेका छन् । अभिनेता र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका हुन् ।

विराजले पाण्डेमाथि हात हाल्नु आफ्नो गल्ती रहेको स्वीकार गर्दै माफी मागेको संघका अध्यक्ष पुष्पर लामाले जानकारी दिए । सोमवार साँझ लेनदेनलाई लिएर विराज र शंकरबीच बानेश्वरको एक क्याफेमा हात हालाहाल भएको थियो । अब विराज र भट्टबीच लेनदेनको विवाद पनि सुल्झिएको अध्यक्ष लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*