धर्म प्रचार गर्ने जापानी विद्यार्थी निकालिए

जनपत्र
९ बैशाख २०७६, सोमबार ०६:५८

काठमाडौं गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ । उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।
कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरुले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्म प्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । यो समाचार सम्भु कट्टेलले अन्नपूर्णमा लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*