नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । बिभिन्न देशहरुमा प्रतिबन्ध लगाईसकेको पब्जी नेपालमा पनि प्रतिबन्ध लगाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि) को विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइएको जानकारी दिए।