प्रकाश भर्सेस प्रिती ‘दोहोरी ब्याटरल–२’ ट्रेन्डिङ्ग् वनमा

जनपत्र
२५ चैत्र २०७५, सोमबार ०६:५७

गतबर्ष दोहोरी ब्याटल गीतबाट सफलता पाएपछि गायक प्रकाश सपूतले दोहोरी ब्याटल–२ लिएर आएका छन् । आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतमा प्रिती आलेले साथ दिएकी छिन् । एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेका छन् । हाल उक्त दोहोरी ब्याटल–२ नेपालको ट्रेन्डिङ्ग् एकमा रहन सफल भएको छ । ब्याटललाई युट्युवमा राखिएको एक दिनमै एघार लाख बढीले हेरेका छन् ।

अहिलेको युवा पुस्तालाई लक्षित गरेर ब्याटल तयार पारिएको छ । दर्शकले ब्याटल निकै मनपराएका छन् । सानासाना कुरामा हुने घरायसी झगडामा सम्बन्ध विच्छेद गर्ने निर्ण

यमा पुग्ने पछिल्लो पुस्तालाई ब्याटलले ब्यङ्ग्य गरेको छ ।

गतबर्ष प्रकाशले दोहोरी ब्याटलबाट केहि आलोचना पनि खेप्नुपरेको थियो । भिडियोमा समावेश गरेका केहि दृश्यमा दोहोरी प्रतिष्ठानले आपत्ति जनाएपछि उनले सेन्सर गरेर युट्युवमा भिडियो पुनः अपलोड गरेको थिए । अहिलेपनि त्यस्तो आलोचना खेप्नु परेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*