भगवानसंग मागेको छोरो (कथा)

जनपत्र
२५ चैत्र २०७५, सोमबार ०६:४२

दिपक सिंह रुम्बा हेटौंडा, मकवानपुर, नेपाल

एउटा सुन्दर गाउँ, पुरानो बस्ती, जहाँ सेतुलालको परिवार पनि बस्थ्यो । गाउँ सुन्दर र रमाईलो थियो । त्यो गाँउको नाम रमनपुर थियो । सदरमुकामबाट करिब ५० कि.मि. उत्तरमा पर्ने ठुलो र अग्लो पहाडको थुम्कोमा रहेको त्यो बस्तीमा धेरै अघिदेखी नै बस्ती बिस्तार भएकोले बस्ती निकै बाक्लो थियो । पहिला २ घरबाटसुरु भएको त्यो बस्तीको आकार फेरिएर अहिले सुन्दर घना बस्तीमा परिणत भै सकेको थियो ।
त्यो बस्ती जति पुरानो थियो त्यति नै बिचार, रितिरिवाज र चालचलन पनि पुरानो र रुढीबादी थियो । त्यो बस्तीमा सामाजिक कुसंस्कार, वर्गीय बिभेद, लैंगिक बिभेद, पुरानो रुढीबादी परम्पराले जराई सकेको थियो । त्यहाँ जातजाती बिच ठुलो र गहिरो खाडल थियो, जसलाई पुर्ने कुरै छोडौ झन् बढाई रहेको थियो । त्यो समाजमा छोरा र छोरीमा पनि निकै भेदभाब गर्दथ्यो, जहाँ छोरो जन्मिदा घोर्ले खसी ढालेर समुदायका सबैजनालाई बोलाएर भोज खुवाउने र सुत्केरी लाई पनि मिठो मसिनो र पोषिलो कुराहरु खुवाउने गथ्र्यो तर छोरी जन्मिदा घर गाँउ पुरै मन अमिलो पारेर बस्थ्यो । अरु त के कुरा ति आईमाई र केटीहरु नै फलानाको त छोरी जन्मेछ छ्या भन्दै धारा, मेलापात र घाँसकाट्ने ठाँउमा अनेक अनेक कुरा काट्ने गथ्र्यो । किन बुभ्mदैन होला ? पहिला ति आईमाईहरु सानो छोरी भएर जन्मिदा अरुले पनि यसरी नै कुरा काटेको थियो । छि छि दुरदुर को पात्र थियो । तर अहिले आएर अरुको कुरा काटेर मज्जा लिईरहेकोे छ । कस्तो अचम्म ? त्यस्तो रुढीबादी बिचारको पोको भएको मध्ये सेतुलाल पनि एक थियो । उ किसुनबा को पाँच भाई छोरा मध्ये माईलो छारो थियो । किसुनबा पनि छोरा र छोरीको बिचमा ठुलो भेदभाब गर्ने स्वभाबको थियो, छोरा नै संसार हो छोरी त घाँडो जात हो भन्दै पाँच छोरा जन्माएर उ गाँउको किसुनबा बनेर बसेका थिए । छोरा धेरै भएर उसको त्यो बस्तीमा ठुलै मान मर्यादा थियो ।
समय बित्दै जाँदा सेतुलालको पनि बिहे भयो, बिहे हुने बित्तिकै किसुनबाले सेतुलाललाई भिन्न राखिदियो । बिहे गरेको १ बर्ष नबित्दै सेतुलाल बाउ हुने भैसकेको थियो । सेतुलाल र सेतीमाया धेरै खुसी थियो । बाउ हुने खुसीयाली थियो । सुत्केरी हुने दिन नजिकिएकोले सेतीमायाको लागी भनेर नौ दशओटा नौसिंगे भाले, पाँच सात सिसी गाईको शुद्ध पँहेलो घिउ, गाँउमा धान नहुने भएकोले सहर गएर एक बोरा बास्मती चमाल, भुटुनको लागि तेल, साथै सुत्केरीको लागि मरमसला लगायत सबैको जोहो गरिसकेको थियो । त्यतिमात्रै कहाँ हो र बच्चालाई लगाउन भनेर तेलमिलमा नै गएर भुटेको शुद्ध एक पाथी तेल पनि ल्याएको थियो । किनकी उ पहिलो चोटी बाउ बन्दै थियो । उसको मनमा बाउ त बाउ तर छोराको बाउ हुने रहर थियो । छरछिमेकमा अनेक अडकलबाजीहरु हुन थाल्यो । सेतीमायाको पेटको आकार ठुलो छ पक्कै उनले छोरो नै जन्माउछे भन्ने कुराहरु गाँईगँुई हुदै टोलभरी नै चर्चाको विषय बन्न थाल्यो । सेतुलालको मनमा छोराको बाउ हुन पाउने आशाले ओल्लो डाडाँ पल्लो डाडाँ छलाङ मारिरहेको थियो । पलपल उ बाउहुने दिनको प्रतिक्षामा थियो ।
लामो समयको पर्खाईको अन्तिम बिन्दु अर्थात साउन महिनाको १० गते बिहान ७ बजेतिर देखी सेतीमाया लाई प्रसवपिडाले छुनथाल्यो । केहीबेरको छटपट्टी पछि स्थानीय भाषा अनुसार जिउछुट्टियो अर्थात बच्चा जन्मियो । सेतीमायाको पिडामा कसैको मन गएन्, उनि रुदै थिईन् छटपटिएर तर सबैको मन त्यो जन्मेको बच्चाको लिंग पहिचान तिर लागेको थियो । त्यतिकैमा ए छोरीपो रहेछ छ्या भन्दै केही आईमाईहरु खिल्ली गर्दै भाले होला भनेको त पोथीपो रहेछ…ह ह ह त्यतिकैमा गैराघरे साँहिलीले (लोप्पा खुवाउँदै) माईला दाई यत्रो घोर्ले छोरो पाउला भन्थ्यो नि खुब पाएछौ नि छोरोको बाउ हुने भन्थ्यो ल छोरी हल्लाएर बस भन्दै छिल्लिएको पाराले बोलेर घरतिर लाग्यो । सबैको कुराले सेतुलाल आफु अपमानित भएको सम्झेर श्रीमती लाई तैँले गर्दा आज म अपमानित भएँ भन्दै हकार्यो । छोरा जन्माउनु पर्नेमा छोरी जन्माएकोमा मर्मूरिदै रिसले भएभरको भाले बेचिदियो र अरुभएभरको सबैकुरा सन्नुस अर्थात गाँउमा सामान राख्न बनाएको काठको बाकसमा हालेर ताला लगाएर उ घरबाट निस्केर गयो । घरमा सेतीमाया एक्लै भई, सुत्केरीको कारणले थलिएकी उनलाई न पकाएर दिने मान्छे थियो, न पकाउन सक्ने अबस्थानै थियो । धेरै माया, स्याहार, पोषण र सुरक्षा को आबश्यकता पर्ने यो अबस्थाकी श्रीमतिलाई छोडेर सेतुलाल गाँउमा गएर तास, र रक्सीमा डुबेर बस्न थाल्यो । घरमा तरकारी थिएन्, कोदोको पिठोको जसोतसो तातो खोले बनाएर प्राण धान्नको लागि खाई बस्दै थिई । त्यतिकैमा सेतुलाल रक्सी खाएर आयो र श्रीमतीलाई तैले गर्दा मेरो ईज्जत गयो भन्दै झगडा गर्दै भकुर्न थाल्यो । कुटाईबाट थलिएकी सेतीमायालाई लिन माईतबाट भाई भएको थियो, अनि उनलाई लिएर गयो । जब श्रीमती माईत गई तब उसले सन्नुसमा रखिएको घिउ लगायत अरु कुराहरु झिकेर खानाथाल्यो । यी यावत हुदै श्रीमती घरमा आई परिवार सामन्य रुपमानै चल्दै थियो ।
तर जे जसो भएपनि माया साट्न त खुब सिपालु थिए, सेतीमाया पुन गर्ववती भई यो पालि पनि छोरी भयो भने म अर्को बिहे गर्छु भनि धम्क्याउदै थियो । तर विचरीले के गर्न सक्नु र ? नभन्दै विचरीको भाग्यनै त्यस्तो होकि के हो फेरी छोरी नै जन्मियो । पहिला जस्तै उनीलाई बेस्याहारमा पारिन् । भाग्यनै यस्तै होकि के हो भन्दै कमजोर त्यो शरिरको बाबजुत पनि कोदोको ढिडो र गुन्द्रुकमा उनको सुत्केरी उत्रियो । त्यसपछि सेतुलालको व्यवहारमा दिननुदिन परिवर्तन हुन थाल्यो । बिहान चाँडै निस्केर बेलुकी मात्रै आउने र रक्सी खाएर झगडा गर्ने गथ्र्यो । गाँउ तिर श्रीमतीले छोरा नजन्माएकोले सेतेले अर्को बिहे गर्ने रे भन्ने हल्ला चल्न थाल्यो त्यसपछि गाँउको तल्लो टोलमा बस्ने कृष्ण काकाले थाहा पाएछ । बिहे होइन भाई पालुङको ऋखेस्वरमा गएर छोरो बर माग्यो भने छोरो पाउछ रे एक चोटी जाउ । काकाको कुरा सुनेर सेतुलालले हुन्छ भन्यो । काका, सेतुलाल र सेतीमाया ऋखेस्वारमा गएर छोरोको बर माग्यो । सेतीमाया पुन गर्ववति भईन् तर सेतेलाई एकरतीपनि बिस्वास थिएन काकाको कुरा काट्न नसकेर मात्र गएको थियो । त्यसैले उसले यसपालि पनि श्रीमतीको लागि सुत्केरीको केही तयारी गरेन् । आज भन्दा भोली भन्दा सत्केरी हुने दिन नजिकिदै थियो ।
जेष्ठको २१ गते साँझको करिब ७ बजे तिर देखी सेतीमायालाई सुत्केरी व्यथाले च्याप्न थाल्यो । उनि छट्पटिएर अ‍ैया अ‍ैया भन्दै थिई तर सेतुलाल छोरी जन्माउन त होलानी भन्दै बत्ती निभाएर कोठा पुरै अन्धकार बनाएर पलङमा सुतिरहेको थियो । प्रसवपिडाको उत्कर्षता संगै मरे मरे भन्दै रुदै थिई अध्यारोमा काँही कतै केही देख्न सकिने अबस्था थिएन् । च्याँ च्याँ को आवाज आयो सेतेलाल सुतिरहेकै थियो उ उठेन् । त्यो पल सेतीमायाको लागि अग्नी परिक्षा नै थियो । त्यसैले उनीले सकिनसकी अँध्यारोमै आप्mनो बच्चालाई सुम्सुम्याएर खोज्न थाल्यो । अध्याँरोमै सुम्सुम्याउद कुन्नि खै के भेट्यो वा छोयो ए तेरो बाजे त ढुकुरवाला ने रैछ मात्र के भनेको थियो, सेतेले बत्ती बालेर हामफालेर आयो । उ यति खुसि थियो कि कुनै सिमना नै थिएन् यति सम्मकी जिवनमा कहिल्यै चुम्म नगेरेको श्रीमतीको गालामा पनि चुम्म गर्न पुग्यो । तर सुत्केरीको लागि छोरी जन्मिन्छ भन्दै केही पनि व्यबस्था गरेको थिएन् त्यसैले उ हतासिन थाल्यो । उसले हतारमा डोकोमा छोपेको भाले तानेर काटिओरी हड्डी सबै छुट्याएर २ आईटम पकायो र अझ आफैले खुवाउन समेत खोज्यो । उसले गाँउका सबैलाई बोलाएर खसी काटेर भोज पनि लगायो ।
सेतेले छोरीहरुलाई मेलापात र चुलोपँधेरोमा मात्रै सिमित गराएर राखे । छोराको पालन पोषणमा धेरै ध्यान दिने गथ्र्यो सेतुलाल । सेतेले एउटा छोरा नि मर्यो भने कसले दागबत्ती दिनु र भन्दै अर्को छोराको चाहना गर्यो तर छोराको प्रतिक्षा गर्द गर्दै उनिहरुको ७ ओटी छोरी भै सकेको थियो । यसरी ग्याग्याल्ती बच्चा जन्माउन थालेपछि तिनिहरुको दुखको दिन सुरु भयो । सन्तान बढ्दै गयो तर जग्गा र आम्दनी बढ्ने कुरै भएन त्यसैले आम्दानी भन्दा खाने मुख धेरै भएपछि परिवार चलाएन धौ धौ हुदै गयो । त्यसैले बिहान बेलुकी हातमुख जोर्नको लागी ज्याला र मजदुरी गर्न जाने गथ्र्यो । छोरीहरु ज्याला गर्ने, बनपाखा, मेलापातमा जानुपर्ने बाध्याता थियो भने छोरा कप्तान लाई स्कुल पठाउथ्यो । छोरा र छोरीमा धेरै फरक ब्यबहार थियो । छोरालाई स्कुल जाँदा झोलामा चिउरा चाउचाृउ मिसाएर खाजा पोको पारेर पठाउथ्यो तर ति छोरीहरु बिहान उठेर बेलुकाको चिसो बासी ढिँडो नुनखुर्सानीको भरमा खाएर त्यो बस्ती पारीको कटुसघारी बनमा घाँस काटेर आएर कहिलेकाँही त भोकभोकै मेलामा जानु पथ्र्यो । समय बित्दै जाँदा छोरीहरु पनि हुर्किदै थियो छोरा पनि एस. एल. सि. दिने तयारीमा थियो । त्यसैले परिक्षाको तयारीको लागी शहरमा डेरामा राखेर पढ्ने व्यवस्था मिलाएर १ महिना सम्मको लागी आवश्यक सबै कुराको बन्दोबस्त गरेर एक महिनाको लागी पकेट खर्च भनेर १००० रुपैयाँ दिएर राखेको थियो ।
रातदिन पसिना बगाएर कमाएर छोराको लागि जतिपनि खर्च गर्न तयार थियो तर छोरीहरुको लागि बर्षको १ टालो फरिया पनि किनिदिदैनथ्यो । र अझ पोईलाई जाने भए आफै पोई खोजेर जाउ है छोरीको बिहे गरेर दिन सक्दिन बिहे त छोराको गर्ने हो धुमधाम गर्नु पर्छ तेरो भाईको बुझिस ? म मेरो छोराको बिहे ऋण गरेर भएनी गर्छु भनि धाक लगाउथ्यो । एक महिना पछि छोरो आँउदा छोरोले संगै एकजना अपरिचित मान्छे पनि ल्याएको थियो । को भनि सोध्दा बुहारी भन्ने थाहा पाँउदा सेतुलालको धाकधक्कु सबै हराएर गयो । गाँउ तिर कप्तानले अर्काको स्वास्नी ल्याएछ त्यो पनि दनुवारनी रे भन्दै कुरा काट्न थाल्यो । पहिला धेरै माया गथ्र्यो कप्तानले आमाबुबालाई तर बिहे पछि कप्तानले आमा बुबालाई गर्ने माया र व्यवहारमा निकै फरक हँुदै गयो । बुहारी पनि अलि चोथाले थियो अनि प्राय घरमा बुहारीले झगडा गरिरहन्थ्यो । कहिले सासु, कहिले ससुरा, कहिले नन्द संग प्राय दिनौ झगडा हुन थाले पछि छोरीहरुपनि पोईलाई गयो । छोरा पनि भिन्न बस्ने भन्दै निहुखोज्न थाल्यो । छोराले अन्तर जातिय बिहे गरेको कारणले दाजुभाईले पनि हरेक संस्कार र रितिथितीमा उनलाई सामेल गराउन अस्वीकार गरे, मर्दपर्द चाहिने दाजुभाई र समाजलेनै बहिस्कार गरेपछि सेतुलाल पागल जस्तै भयो । त्यतिकैमा बाँकी २ छोरी पनि बिहे गरेर गयो घरमा सेतुलाल र सेतीमाया मात्रै भयो । बाह्रछोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि भनेझै भयो । कप्तानको पनि ४ छोराछोरी भयो । कप्तान अलि धेरै रक्सी खाने र धेरै खर्च गर्ने स्वभाबको थियो । त्यसैले धेरै ऋण थियो । सेतुलाल र सेतीमायालाई पनि बुढेसकालले छोईसकेको थियो । सेतीमायाको आँखा कमजोर हुन थालिसकेको थियो भने सेतुलाल पनि दुब्लो भै सकेको थियो ।
बुढेसकालको साहारा भनेको छोरा हुन्छ भन्ने प्रचलन थियो तर सेतुलालको जिवनमा छोरो बुढेसकालको साहारा होईन राक्षस भएर निस्कियो । एक दिन कप्तानले आमा बालाई आप्mनो ऋण तिर्न आप्mनो भागको र आमा बाको भागको घरबारी बेच्ने भन्दै निउ खोज्यो । तर सेतुलालले आप्mनो घरखेत बेचेर कहाँ बस्ने भन्दै ज्यान गएनि बेच्न नदिने हटलिएपछि त्यही रात छोराले आमाबाले भनेको नमानेकोले आमाबा सुतिरहेको अबस्थामा घरको पलिमा आगो लगाई दियो । जुन छोराको लागी कस्तो मरिहत्य गरेको थियो तर त्यै छोराले आज जिउदै आमाबालाई जलाउन आगो लगाएको थियो । भगवान संग मागेको छोरोले आज आप्mनो असली रुप देखायो । आगो लागेको छरछिमेकीहरुले देख्यो सबै जम्मा भएर आगो नियन्त्रणमा लियो । त्यहाँको आगो के नियन्त्रणमा आएको थियो त्यतिकैमा छोराले आमाबा मार्न भनेर खुकुरी लिएर आयो । गाँउलेले राक्यो, तर बढाबुढी कता भग्यो कता रातभरी खोज्यो तर भेटेन् । अनि भोली पल्ट बिहानै छोराले घरको सबै कपडा जलाएछ, गोठको सबै बस्तु फुकाएर बालीमा लगाएछ, अनि घरमा ताल्च लगाएर घरमा आए काट्नु पर्छ भनेर बाहिरै खुकुरी लिएर बसिरहेको थियो । सेतीमाया माईतिमा गएको रहेछ सेतुलाल जंगलमा रुखमुनि लुकेर बसेको रहेछ । अनि रुदै रुदै घरको छेउमा गएछ, त्यो पापी छोराले देखेछ बिचर बुढो मारिने डरले दौडिदा भिरबाट लडेछ अनि गाँउलेले भाईको छोराको घरमा ल्यायो तर बस्न मानेको थिएन । मात्र त्यो पागलले मार्छ मात्रै भन्थ्यो । जुन छोराको लागि भनेर आप्mनो हरेक खुसी बन्धकी राखेर आफु भोकै बसेर स्यहार सुस्यार गर्यो त्यै छोराले आज ज्यान दाबी गरेको छ ।
त्यसपछिका दिनहरुमा बुढबा दिनभरी रुदै रुदै आप्mनो श्रीमतीलाई सम्झदै अर्काको घरमा काम गर्दै बेलुका कहाँ जन्थ्यो थाहा थिएन् सोध्दा पनि भन्दैनथ्यो । आज भन्दा भोली भन्दा सेतुलाल झनझन दुब्लाउदै गयो । कहाँ बस्ने भन्नेकुरा कहिलेनि नभनेसी एक दिन पिछा गर्दै जाँदा आप्mनै खर पाखाको काँडाको घारी भित्र रहेको सानो ओडारमा बस्ने कुरा थाहा पाए । त्यसपछि सम्झाएर भतिजको घरमा राखे तर फेर्ने कपडा थिएन् करिब ६५ बर्षको हाराहारीमा पगेको थियो । अनि जुन छोरी जन्मिदा घरबार छोडेर हिडेको थियो त्यही छोरीले आमाबा लाई लिन आएर लिएर गयो । केही दिनमै आमापनि लेराएर सबैभन्दा हेलामा हुर्कएको छोरीले पलेको छ । उमेर ढल्दै थियो पिर र चिन्ताले गर्दा हाड र छाला मात्रै बाँकि छ । भन्ने गथ्र्यो छोरा र छोरीमा भेदभाब नगर्नु, छोरोले मर्द गागबत्ती दिनुपर्छ भन्थ्ये छोराले मलाई जिउदैमा दागबत्ती दियो, मैले जसलाई धेरै माया गरे उसले ज्यानदाबी गर्यो, जसलाई हेला गरे आज उसैको काखमा बाच्दै छु, म छोरी संग माफ माग्न लायको त छैन तर माफ माग्दै छु, हामिले भगबान संग मागेको छोरो आज भगबानले ठिक काम गर्यो म जस्तो को आँखा खोलीदियो । जसले छोरा नै चाहिन्छ भनेर भन्छ उसलाई पनि मेरो जस्तै छोरा दिएर दिमागको बिर्को खोलिदेउे भगवान । भन्दै छोरीको घरमा हाँसीखेली मृत्यूको दिनको प्रतिक्षा गर्दै आफुले छोरीलाई हेला गरेकोमा पछुतो मान्दै बस्थ्यो । तर आज ति सेतुलालको जोडी भगबानको घरमा छन् । त्यसैले छोरा र छोरीमा भेदभाब नगरौ । छाराछोरी दुबै  बराबरी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*