बालबालिकाको संरक्षण गर्ने अभिभारा हाम्रो हाईन र ?

प्रकाश खतिवडा
५ मंसिर २०७७, शुक्रबार ०७:५२

बालबालिकाको अधिकारको सुनिश्चित गर्नको लागि अन्र्तराष्ट्रियस्तरमा दस्ताबेजको रुपमा बाल अधिकार महासन्धि रहेको छ । यो महासन्धि संयुक्त राष्ट्रसंघको बार्षिक महासभाबाट १९८९ को नोभेम्बर २० मा परित गरिएको थियो । जसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरि बालबालिका सम्बन्धि कृयाकलाप र कानुनहरु निर्माणको थालनी गरेको पाईन्छ । संयुक्त राष्ट्रिसंघ बाट नोभेम्बर २० मा बाल अधिकार महासन्धि पारित गरेको आधारमा संयुक्त राष्ट्रसंघको निर्णय बमोजिम हरेक बर्ष नोभेम्बर २० लाई संयुक्त राष्ट्रसंघको निर्णय बमोजिम थालिएको हो । यस बर्ष हामि ३१ औ अन्र्तराष्ट्रिय बाल दिबश मनाईरहेका छौ ।

समृद्ध नेपाल र सुखि नेपालीको लागि साथै सभ्य समाजको निर्माणका लागि बालअधिकारको संरक्षण र प्रर्वद्धनमा सरकार तथा नागरिक समाजको सक्रियता अत्यन्त आवश्यक हुन्छ । भावी चुनौतीहरुको सामना गर्दै समाज र देशलाई विकासको पथमा अगाडी वढाउन सक्ने नागरिक भनेको आजका बालबालिका नै हुन् । बालबालिकाविरुद्ध हुने सबै प्रकारका हानि वा जोखिमहरूबाट उनीहरूलाई संरक्षण गर्नु बालसंरक्षण हो । अर्को शब्दमा, बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, नैतिक तथा बौद्धिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका कुनै पनि कार्य वा व्यवहारबाट उनीहरूलाई जोगाउनु नै बालसंरक्षण हो । बालबालिकाविरुद्ध हुने भेदभाव, दुव्र्यवहार, हिंसा (शारीरिक, मानसिक), शोषण (शारीरिक, यौन, श्रम) बेवास्ता र उपेक्षा वा हेलचेक्र्याइ, अपहरण तथा अन्य हानिकारक अभ्यासहरूले बालबालिकामा तत्कालीन र दीर्घकालीन हानि पुग्दछ ।

बालबालिकामाथी आधात पर्नु हुदैन । मनोसामाजिक समस्याको जड भनेको बालबालिकामा पर्ने आधात जन्य कृयाकलाप हो । कुनै बालबालिकामाथि हेला, दुब्र्यबहार, यौन जन्य हिसां सम्बन्धी कुनै समस्या उत्पन्न भएमा बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिँदै सम्बन्धित बालबालिका तथा परिवारलाई विशिष्टीकृत सेवा तथा घटनाको व्यवस्थापन जस्ता समग्र कार्यहरू पर्दछन् । अतः बालबालिकाको संरक्षणका लागि उनीहरूलाई हानि पु¥याउने सम्भावित जोखिम के के हुन सक्छन्, ती जोखिम कसरी आइपर्छन्, विभिन्न उमेर समूह, लिङ्ग तथा विभिन्न सामाजिक अवस्था वा परिस्थितिमा रहेका बालबालिकालाई कस्तो असर पार्दछ भन्नेबारे सचेत रही त्यस्ता अवस्थाको रोकथाम गर्न, जोखिमलाई न्यूनीकरण गर्न र सम्बन्धित बालबालिका तथा परिवारलाई सहयोग गर्नको लागि स्थानीय तहको विशेष भूमिका रहन्छ । बाल संरक्षण प्रणालिको ब्यबस्थापन गरि बालबालिकालाई जोखिम कम हुने गरि उद्धार र पुर्नस्थापना गर्न सक्षम हुने गरि स्थानिय सरकार कृयाशिल हुनु पर्दछ ।

राष्ट्रिय बाल संरक्षण संजाल नेपाल नेपालमा रहेका बाल संरक्षण मा कार्यरत सस्थाहरुको छाता संजालको रुपमा रहेको छ । यस्ले बालबालिकाको संरक्षणको अधिकार सुनिश्चितताको लागि कृयााशिल भईरहेको सस्थाहरुलाई समन्वय र सहकार्य गरि बाल संरक्षणको सबालमा लाग्न उत्प्रेरित गर्ने गर्दछ । सातै प्रदेशमा संगठन बिस्तार गरि प्रदेश सरकार र सबै स्थानिय सरकारलाई बाल संरक्षण को सबालमा रचनात्मक कार्यक्रम र नितिगत रुपमा परित गर्नु पर्ने नितिहरु र सरकारबाट यस अघि पारित नितिनियमको सफल कार्यान्वयनको सबालमा आबाज उठाईरहेको छ ।

बालबालिकाको शारीरिक, मानसिक वा बौद्धिक, भावनात्मक वा संवेगात्मक र सामाजिक विकासमा तत्काल वा दीर्घकालीन रुपमा आघात पु¥याउने नकारात्मक व्यवहार वा क्रियाकलापहरु बाल दुव्र्यवहार हो । अधिकांश अवस्थामा खासगरी आमाबुबा, अभिभावक वा हेरचाहकर्ताले उपयुक्त स्तरको सेवा तथा संरक्षण दिन नसकेको वा बेवास्ता÷लापरवाही गरेको कारणबाट बालबालिकाले दुव्र्यवहार भोग्नु परेको पाइन्छ । प्रायः वयस्कले बालबालिकामाथि दुव्र्यवहार गर्दछन् तर कतिपय अवस्थामा बालबालिकाले पनि अरु बालबालिकामाथि दुव्र्यवहार गर्न सक्छन् । बालदुव्र्यवहार अन्तर्गत भावनात्मक दुव्र्यवहार, शारीरिक दुव्र्यवहार, यौन दुव्र्यवहार, बेवास्था वा उपेक्षा÷हेलचेक्र्याइ, मौखिक दुव्र्यवहार आदि पर्दछन् ।

बालबालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बालश्रम हो । नेपालमा कानुनले बालबालिकालाई उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य कामहरु तोकेको छ । अर्थात १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाइने तथा १६ वर्ष पूरा गरेका बालबालिकालाई प्रकृया पु¥याएर हप्ताको ६ दिन दैनिक ६ घण्टामध्ये आधा घण्टा विश्राम पाउने गरी कानून बालश्रम निषेध र नियमित गर्ने ऐनले तोकेको काममा लगाउन पाउने प्रावधान रहेको छ ।

कानूनले तोकेकोभन्दा कम उमेरका बालबालिकालाई श्रममा संलग्न गराउनुलाई बालश्रमशोषण भनिन्छ । यो एक अपराध पनि हो । नेपालको सन्दर्भमा १८ वर्षमुनिका बालबालिकाले उनीहरुको स्वास्थ्य, शारीरिक, मानसिक, बौद्धिक, नैतिक तथा सामाजिक विकासमा नकारात्मक प्रभाव पर्ने गरी तथा उनीहरुको शिक्षा प्राप्त गर्ने अधिकार कुण्ठित हुने गरी गरिने काम बालश्रम हो । बालबालिकालाई सामाजिकीकरण गर्न, सीपहरु सिक्न, सिकाउनका लागि तथा उनीहरुको संरक्षण हुने गरी आफ्नै घरमा वा विद्यालयमा वा समाजमा गरिने काम जसले उनीहरुको शारीरिक, मानसिक विकासमा नकारात्मक असर गर्दैन भने त्यसलाई बालश्रम भनिदैन । यस्ता कामहरुले बालबालिकालाई कुनै पनि अन्तर्राष्ट्रिय कानूनहरुले सुनिश्चित गरेका अधिकारहरुमाथि हस्तक्षेप गर्दैनन् ।

बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक तथा बौद्धिक विकासमा गम्भीर नकारात्मक असर पार्ने खालका कार्य वा व्यवहारबाट उनीहरुलाई जोगाउनु नै बालसंरक्षण हो । अर्को शब्दमा भन्दा बालबालिकामाथि हुने सबै खालका हानी नोक्सानीहरुबाट उनीहरुलाई सुरक्षा दिनु बालसंरक्षण हो । बालसंरक्षणलाई उहिदुशो अर्थात उपेक्षा, हिंसा, दुव्र्यवहार र शोषणबाट बालबालिकालाई जोगाउनु हो भनेर व्याख्या गरेको पनि पाइन्छ ।

बालबालिकामाथि हुनसक्ने हानीहरु देहाय बमोजिम हुनसक्छन् ः
१. भेदभाव, २. दुव्र्यवहार, ३.यातना वा हिंसा ४.यौन शोषण,
५. बेचविखन र ओसारपसार, ६. बेवास्ता वा उपेक्षा वा हेलचेक्र्याइ,
७. अपहरण, ८. बालश्रम शोषण तथा आर्थिक शोषण, ९. परम्परागत हानीकारक अभ्यासहरु (भिक्षु, छाउपडी, सन्यासी, बालविवाह, देउकी, झुमा, कमलरी आदि ।)

बालबालिकामाथि उसका बाबुआमा, अभिभावकको वा परिवारको आर्थिक वा सामाजिक हैसियत, वर्ग, जातजाति, लिङ्ग, भाषा, धर्म, राजनीतिक आस्था वा अन्य विचारहरु, जातिय वा सामाजिक उत्पति, सम्पति, अशक्तता, जन्म वा अन्य हैसियत लगायतका आधारमा भिन्न तथा फरक फरक प्रकारको असमान व्यवहार गर्नु भेदभाव हो । त्यस्तै बालबालिकामाथि निजको रुप, शारीरिक वा मानसिक अवस्था, लिङ्ग, रङ्ग वा वर्ण, जाति, धर्म, विचार वा आस्था, भौगोलिक प्रतिनिधित्व (तराई वा पहाड) आदिका आधारमा पनि भेदभाव भएको पाइन्छ ।

बालबालिकामा खर्च होईन लगानि गर्नु पर्दछ भन्ने बारेमा सचेत हुनु पर्दछ । राज्यको तिनै तहमा बालबालिकाको क्षेत्रमा लगानि गर्ने लगानि योजना हुनु पर्दछ । सबै स्थानिय तहको बाल संरक्षण निति बन्नु पर्दछ । हरेक गाउ पालिका र नगरपालिका बाल मैत्रि हुनु पर्दछ जस्को लागि योजना बद्ध रुपमा लक्ष र कार्ययोजना हुनु पर्दछ । आबाज बिहिन बालबालिकाका आबाजहरु बुलन्द गर्न सकिएको छैन । कानुनको कार्यान्वयनको अभाबले कानुन निरिह बन्दैगईरहेको आभाष हुदै छ ।

बालबालिकाको आबाज उठाउने नागरिक अगुवाहरुलाई राज्यले बालअधिकारको संरक्षणको सबालमा कार्यगत एकता समन्वय र सहकार्य गर्दै के गर्दा बालअधिकारको सम्बर्धन गर्न सकिन्छ छलफल चलाउनु पर्नेमा खासै आशा गरेजस्तो उपलब्धि हासिल हुन सकेको पाईदैन । कुनै पनि बालबालिकालाई निजमाथि हुनसक्ने शारीरिक यातना तथा श्रमशोषण, हेला“, अपहेलना, यौनशोषण, दुव्र्यवहार वा हिंसाबाट जोगाउनु नै बाल संरक्षण हो भनिएता पनि बालिकाहरु दिनहु यौन पिपाशुद्धारा सिकार भईरहेको अबस्थामा कानुनको पालना कडाईका साथ अबलम्बन गर्न नागरिक समाजले माग गरिरहेको अबस्थामा हाम्रो समाजको यर्थाथ कस्तो रहेछ र भाबि दिनमा यस्ता बिकृतिलाई अन्त्य गर्न राज्य को भुमिका कस्तो हुनु पर्ने हो ठोस कार्ययोजना ल्याई कार्यान्वयन समेत हुन आबश्यक छ । नागरिक समाजले बालअधिकारको संरक्षण र सम्बर्धनको सबालमा राज्यको भुमिका दरिलो भएको हेर्ने उत्कट अभिलाषा बोकेको पाईन्छ ।

बास्तबमा बालअधिकारको सुनिश्चित हुनु नै देश बिकाश हुनु हो भनेर भन्न सकिन्छ । यस अबस्थामा बालबालिकाको संरक्षण गर्ने अभिारा हाम्रो नै हो । तसर्थ बाल अधिकार कर्मिको .नाताले सबैलाई बालअधिकारको संरक्षण र सम्बर्धन गर्ने जिम्मेबारि बहन गर्न आग्रह गर्दछौ ।

प्रकाश खतिवडा
अध्यक्ष, बाल कल्याण समाज, मकबानपुर तथा केन्द्रिय सचिब, राष्ट्रिय बाल संरक्षण संजाल नेपाल ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*