ओखलढुंगा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका ६ जनाकै सनाखत, घाइतेको परिचय खुल्न बाँकी

जनपत्र
१७ चैत्र २०७५, आईतवार १५:२३

ओखलढुङ्गा – ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा परि मृत्यु भएका ६ जनाकै सनाखत भएको छ ।
घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा रहेका छन् । त्यस्तै काठमाण्डौ बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेको उदयपुरको घुर्मिमा रहेकाे आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाकाे कारणबारे अनुसन्धान भइरहेको पनि बताइएको छ । जीप आइतबार बिहान ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका-७ काे भण्डारे खोलामा दुर्घटनामा परेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*