ओखलढुङ्गामा जीप दुर्घटना : ६ जनाको मृत्यु, तीनजना घाइते

जनपत्र
१७ चैत्र २०७५, आईतवार १३:१२

ओखलढुङ्गा – ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै ज्यान गएको छ ।
सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको घटनास्थलबाट उद्धारकार्यमा खटेका प्रहरी जवान वीरबहादुर तामाङले बताए ।
दुर्घटनामा परी ज्यान गुमाउने तथा दुर्घटनामा पर्नेहरुको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*