‘ए मेरो हजुर ३’ को ट्रेलर रिलिज, अनमोलको डबल रोल !

जनपत्र
१६ चैत्र २०७५, शनिबार ०७:४५

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधवार साँझ नै निर्देशक थापाको जन्मदिनको अवसरमा पत्रकारलाई देखाइएको ट्रेलर विभिन्न प्राविधिक कारणले युट्युब रिलिज हुन सकेको थिएन । ट्रेलरमा पूर्णरुपमा कमर्शियल भ्यालु देखिएको छ । प्रेमदेखि कमेडीसम्म ट्रेलरमा समेटिएको छ तर, दोहोरो अर्थ जनाउने संवादमार्फत् हँसाउने सोचबाट भने यो फिल्म पनि ग्रसित देखिन्छ । अभिनेता अनमोल केसीलाई भने डबल रोलमा देख्न सकिन्छ । उनी सुपरस्टार गायक प्रेम र एक साधारण युवक धनश्याम महर्जनको चरित्रमा प्रस्तुत छन् । अनमोलको डेब्यू गर्ल सुहाना थापासँग लभ केमेस्ट्री पनि देख्न सकिन्छ ।
ट्रेलरको एक दृश्यमा उनीहरु दुलहा-दुलहीको भेषमा विवाह मण्डपमा देखिएका छन् । सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुले पनि ट्रेलरमा राम्रो ‘स्क्रिन स्पेस’ पाएका छन् । अनमोललाई टिजरमा झैँ ट्रेलरमा पनि ‘मेगास्टार’ को रुपमा सम्बोधन गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा अनमोलले ‘ए मेरो हजुर’ को ब्रान्डमा आबद्ध हुन पाउँदा खुसी महशुस गरेको बताए ।
ट्रेलर हेर्नुहोस् :-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*