मकवानपुर गोल्डकपः आज थ्रीस्टार र दाफिन्स भिड्दै

जनपत्र
१४ चैत्र २०७५, बिहीबार १०:३२

हेटौंडा÷ फाइलन प्रवेशका लागि दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को दोस्रो सेमिफाइनलमा आज विहीबार थ्रीस्टार क्लब र दाफिन्स क्लबबीच खेल हुँदैछ ।
मोफासलमा जारी चारवटा प्रतियोगिता जितेर उच्च फर्ममा देखिएको क्यामरुनी क्लब र नेपालका स्टार खेलाडीले भरिएको थ्रीस्टार क्लबबीचको विजेताले आयोजक मकवानपुर–११ सँग फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । मकवानपुर–११ नेपाल पुलिस क्लबलाई पराजित गर्दै शनिबार हुने फाइनलमा यसअघि नै स्थान सुरक्षित गरिसकेको छ ।
दाफिन्सले सशस्त्र प्रहरीको एपीएफको चुनौती अन्तिम आठमा पन्छाएको थियो भने थ्रीस्टारले सरस्वती युवा क्लबलाई पराजित गरेको थियो । थ्रीस्टारबाट राष्ट्रिय टोलीमा स्थान बनाइसकेका विक्रम लामा, रेजिन धिमाल, रञ्जन विष्ट, दिनेश राजवंशी, अनन्त तामाङ र सुनिल बल यस खेलमा उपस्थित हुनेछन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*