सुष्मिता सेनलाई फ्यानको प्रश्न – विवाह कहिले गर्ने ?
आफूभन्दा १५ बर्ष कम उमेरका रोहमन शलसँग प्रेममा परेकी मिस युनिभर्स एवं बलिवुड अभिनेत्री सुष्मिता सेनले उनीसँग वर्कआउट गरेका तस्वीर सार्बजनिक गर्ने गरेकी छन् । ४४ बर्षिय सुष्मिता अझै अविवाहित नै रहदा उनका फ्यानहरुले उनलाई कहिले विवाह गर्ने भन्दै प्रश्न सोधेका छन् ।
सामाजिक संजालमा निकै सक्रिय रहने सुष्मिताले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग लाइभ कुराकानी गर्नेक्रममा उनका एक फ्यानले कहिले विवाह गर्ने भन्दै प्रश्न सोधेका छन् । फ्यान प्रश्नपछि लजाएकी सुष्मिताले यस प्रश्नको जवाफ दिन सकिनन् । नजिकै रहेका आफ्ना प्रेमी रोहनलाई सुष्मिताले ल भन हामीले विवाह कहिले गर्दै छौं भनेर सोधेकी थिइन् । रोहनले सोधेर जवाफ दिने भन्दै ठोस जवाफ फर्काउन सकेनन् । सुष्मिता अहिले आफ्ना दुई छोरी र प्रेमीसँग बस्दै आएकी छन् ।
सन् १९९४ मा मिस युनिभर्स बनेकी सुष्मिताले बलिवुडमा कैयौ चर्चित फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय २०१५ देखि भने उनी कुनै फिल्ममा देखा परेकी छैनन् । हाल ४४ बर्षकी सुष्मिताले आफु भन्दा १५ बर्ष कम उमेरका रोहमनसँगको अफ्येर्स बलिवुडमा चर्चाको विषय बनिरहेको छ ।
सुष्मिताका यसअघि पनि अफ्येर्सका चर्चा चर्चित रहेका छन् । सुष्मिता यसअघि मुम्बईकै रेस्टुरेन्ट व्यवसायी ऋतिक भासिन, अभिनेता रणदीप हुद्दा, बन्टी सजदेह, संजय नारंग, निर्देशक बिक्रम भट्ट, हटमेलका सबीर भाटिया, पाकिस्तानी क्रिकेटर वासिम अक्रम, ब्यापारी आनील अम्बानी, अभिनेता मानव मेननसँग अफ्येर्स रहेको बाहिर आएको थियो ।






