सरस्वति क्लबलाई हराउँदै थ्रीस्टार सेमि फाईनलमा

जनपत्र
१२ चैत्र २०७५, मंगलवार १९:३२

हेटौंडामा जारी भुगर्भ सिमेन्ट दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सरस्वती क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टार सेमिफाइनल प्रवेश सङ्गै समीकरण पूरा भएको हो । सेमिफाइनलमा थ्री स्टारले बिदेशी दाफिन्स क्लबसङ्ग प्रतिस्पर्धा गर्ने छ ।
खेलमा थ्री स्टारका तर्फबाट बिदेशी खेलाडी मान्सा बिभोगुइले २५ औं मिनेटमा गोल गरेका थिए । यसै गरि खेलको पिटर सेगुनले ६० औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच थ्री स्टारका पिटर सेगुन भए । उनले १० हजार नगद प्राप्त गरे । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*