देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना

जनपत्र
१२ चैत्र २०७५, मंगलवार ०७:१७

काठमाण्डौ – मंगलबार बिहान देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले सोमबार रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार राति पश्चिममा मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली अहिले मध्य क्षेत्रमा आइपुगेको छ । यसकै असरले काठमाण्डौसहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको उहाँले जानकारी दिनुभयो । यो प्रणाली पूर्वतिर सरिरहेकाले मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ । कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्नेछ । तर ठूलो पानी पर्ने संभावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।
प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन मौसमविद मिनकुमार अर्यालको आग्रह छ । मंगलबार रातिदेखि नै मौसममा सुधार आउने उहाँको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*