कुलमान घिसिङको समर्थनमा बिरेन्द्र खड्काको मिठो गीत ‘कुलमान दाई…’ बजारमा

जनपत्र
१२ आश्विन २०७७, सोमबार ०६:३९

हेटौंडा/नेपालमा व्याप्त लोडसेडिङको अन्त्य गर्ने उज्यालो नेपाल बनाउने महानायक कुलमान घिसिङको समर्थनमा बिरेन्द्र खड्का ‘बेष्टु’ ले निक्कै मिठो गीत ‘कुलमान दाई…’ बजारमा आएको छ ।
नेपाली गीत संगीतले माया प्रितीको गीत मात्र होईन सत्यको पक्षमा पनि आवाज उठाउँछ भन्ने कुरा यो गीतले अझ थप प्रष्ट पारेको छ । १८ घण्टा भन्दा बढि लोडसेडिङले अँध्यारो हुने देशमा कुलमानको आगमन पछि २४ सै घण्टा उज्यालो बनाउन कुलमानको निक्कै ठुलो योगदान छ । तर अहिले उनको कार्यकाल सकिएको छ र उनै कुलमानको चमत्कारीक कामको सबैले दिल खोलेर प्रशंसा गरेको र पुनःनियुक्तिको आजाव उठिरहेको अवस्थामा यस गीतले पनि थप आवाज उठाएको छ ।
शब्द, संगीत र आवाज पनि बिरेन्द्र खड्का ‘बेष्टु…’ कै रहेको उक्त गीतको भिडियो तल हर्नुहोस…

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*