कोरोना संक्रमणको त्रासका विचमा मकवानपुरका बिद्यालयले पढाईलाई कसरी सञ्चालन गर्दैछन् ?

जनपत्र
८ आश्विन २०७७, बिहीबार ०७:३२

हेटौंडा । कोरोना भाइरसको संक्रमण बढ्न थालेको ६ महिना भइसकेको छ । कोरोनाकै कारण सबै भन्दा धेरै प्रभावित शिक्षा क्षेत्र परेको छ । मकवानपुरका एक लाख बालबालिका विद्यालय जान पाएका छैनन् । जिल्लाका निजी तथा सामुदायिक विद्यालय वन्द अवस्थामा छन् । केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गेका छन् ।

हेटौंडाका थोरै सामुदायिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि त्यसमा सबै बालबालिका जोडिन सकेका छैनन् । निजी विद्यालयले गरेको अनलाइन कक्षा पनि प्रभावकारी वन्न सकेको छैन । अझै कुनै पनि विद्यालयमा भर्ना नभइकन घरमा त्यसै तनाबमा वस्ने बालबालिका धेरै छन् । संघीय सरकारले बिद्यार्थीको यो शैक्षिक सत्र खेर जान नदिन निर्देशिका पनि जारी गरेको छ । तर, त्यस अनुसार मकवानपुरका बिद्यालयले पठन पाठन पनि सुरु गरेका छन् ।

जिल्लाको गाउँका विद्यालयमा कक्षानै पिच्छे पालै पालो संग पढ्ने वातावरण तयार गरिएको र बिद्यार्थीको पढाइ खेर जान नदिनका लागि काम भइरहेको शिक्षा क्षेत्र संग सम्वन्धीत स्थानीय तहका जनप्रतिनिधिहरु वताउँछन् । यसै सेरोफेरोमा रहेर जनपत्र डटकमले शिक्षा क्षेत्रसंग सम्वन्धीत सरोकारवाला व्यक्तित्वहरुसंग अन्तरक्रिया गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*