कोरोनाबाट थलीएका मकवानपुरका पत्रकार र सञ्चार माध्यमको हितमा सरकारले हेरेन–अध्यक्ष हुमागाई

जनपत्र
१४ भाद्र २०७७, आईतवार १८:५७

हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण पाँच महिना देखि समस्यामा परेका मकवानपुरका पत्रकारका निम्त सरकारले खासै केही गर्न नसकेको सञ्चारकर्मीहरुले गुनासो गरेका छन् । मुलुककै चौथो अङ्ग भनेर सञ्चार क्षेत्रलाई भन्ने तर, कोरोनाका कारण थलीएका सञ्चार माध्यम र पत्रकारका लागि तीनै तहका सरकारले खासै चासो नदिएको उहाँले वताउनुभयो । सरकारको पहिलो, दोस्रो र तेस्रो अङ्गका लागि सरकारले ठुलो बजेट छुट्याउने तर, चौथो अङ्गका लागि बजेट छुट्याउने चलन छैन ।

मकवानपुरमा रहेका दश वटा स्थानीय तह रहेका छन् । त्यस मध्यमा महासंघ मकवानपुर संगको सहकार्यमा हेटौंडा उपमहानगरपालिकाले पत्रकारको कोरोना विमा एक लाख र दुर्घटना विमा दुइलाख रुपैयाँका दरले गरिदिएको छ । लकडाउनका कारण समस्यामा परेका पत्रकारका लागि राहत सामाग्री समेत वितरणमा सहयोग गरेको छ ।

पत्रकारको पीसीआर जाँचमा समन्वयको भुमिका खेलेको छ । तर, अरु नौ वटा स्थानीय तह र बागमती प्रदेश सरकारले कोरोनाबाट थलीएका सञ्चार माध्यम र पत्रकारका लागि कुनैपनि खालका सहयोगका कार्यक्रम नल्याएको अध्यक्ष हुमागाईले वताउनुभयो । कोरोना संक्रमणपछी मकवानपुरका सञ्चार माध्यम र पत्रकारले भोग्नुपरेका समस्याका बारेमा सुनौ यो कुराकानी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*