महानायक प्रकरण : दीपाश्रीलाई क्षमा दिन राजेश हमालले गरे फ्यानलाई आग्रह (भिडियो सहित)
महानायक को हो रु भन्ने प्रकरणले विवादमा तानिएकी कलाकार दीपाश्री निरौलालाई माफि दिन महानायक राजेश हमालले उनका फ्यानलाई आह्वान गरेका छन् । मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दुस्ख व्यक्त गरेका छन् ।
‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला,’उनले भने,‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु ।’
हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णु भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् ।उनले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’ हमालले कला क्षेत्र दर्शकको पनि भएको भन्दै आफूहरु मैदानमा उत्रिएको सुनाए ।
https://www.youtube.com/watch?v=GouIELVWvRI&feature=youtu.be







