भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित

जनपत्र
२९ असार २०७७, सोमबार ०६:३०

भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित पाइएका छन् । आइतबार २९ हजार १०८ नयाँ संक्रमित भेटिएका हुन् । अहिलेसम्म यो आँकडा छोएको थिएन । यसअघि शुक्रबार र शनिबार लगातार दुई दिनसम्म २७ हजार भन्दा बढी संक्रमित थपिएका थिए ।

हालसम्म भारतमा ८ लाख ७९ हजार ४६६ जना कोरोना संक्रमित पुगेका छन् । त्यसमध्ये ५ लाख ५४ हजार ४२९ जनालाई निको भएको छ । आइतबार ५०० जनाको ज्यान गएको छ । मृतकको संख्या २३ हजार १८७ जनाको ज्यान गइसकेको छ । भारत विश्वको तेस्रो स्थानमा छ ।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २ लाख ५४ हजार ४२७, तमिलनाडुमा १ लाख ३८ हजार ४७० र दिल्लीमा १ लाख १२हजार ४९४ जना संक्रमित पुगेका छन् । महाराष्ट्रमा १० हजार २८९, तमिलनाडुमा १ हजार ९६६ र दिल्लीमा ३ हजार ३७१ जनाको ज्यान गइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*