कोरोना महामारी : विश्वमा संक्रमितको संख्या १ करोड २६ लाख नाघ्यो, ५ लाख ६३ हजारको मृत्यु

जनपत्र
२८ असार २०७७, आईतवार ०६:१७

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २६ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमित १ करोड २६ लाख ७१ हजार ५ सय ९२ पुगेको हो। यसैगरी मृत्यु हुनेहरुको संख्या ५ लाख ६३ हजार ८ सय ४१ पुगेको छ भने हालसम्म ६९ लाख ७५ हजार २ सय २७ जना निको भइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित हुनेको संख्या ३२ लाख ४२ हजार ७३ पुगेको छ भने हालसम्म १ लाख ३२ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा १८ लाख ३९ हजार ८ सय ५० जना संक्रमित र ७१ हजार ४ सय ६९ मृत्यु, भारतमा ८ लाख २० हजार ९ सय १६ संक्रमित र २२ हजार १ सय २३ मृत्यु र रुसमा ७ लाख १९ हजार ४ सय ४९ जना संक्रमित र ११ हजार १ सय ८८ जनाको मृत्यु भएको छ।

यस्तै, पेरुमा ३ लाख २२ हजार ७ सय १०, चिलीमा ३ लाख १२ हजार २९ र बेलायतमा २ लाख ९० हजार ५ सय २ जना संक्रमित भएका छन्। नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*