अमेरिकामा कोरोनाको कहर : मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ६४९ पुग्यो
अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेको छैन भने त्यस्तै सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ८४२ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ६४९ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ५४२ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार ३२२ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म १४ लाख ५४ हजार २८५ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ६९९ जना आइसीयुमा उपचारत रहेका छन् ।






