विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २६ लाखभन्दा बढी, मृत्यु हुने ५ लाख ५१ हजार
विश्वभर कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमितको संख्या एक करोड २६ लाख १४ हजार २४५ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख ६१ हजार ९८० जनाले ज्यान गुमाइसकेका छन्।
विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ७३ लाख १९ हजार ४४२ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ४६ लाख ३९ हजार ८०९ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।






