नेपालसहित सार्क मुलकको कुन देशमा कति संक्रमित ? (विवरणसहित)

सार्क मुलुकमध्ये भारतमा कोरोनाभाइरसबाट एकैदिन ५०७ जनाको मृत्यु भएको छ । यस्तै २४ हजार ७५७ जना नयाँ संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या ८ लाख १९ हजार ५९९ पुगेको छ । हालसम्म भारतमा कोरोनबाट मृत्यु हुनेको कूल संख्या २२ हजार १३० को मृत्यु भएको छ । भारत कोरोना संक्रमणका हिसावले विश्वको तेस्रो स्थानमा रहेको छ भने सार्क मुलुकमा पहिलो स्थानमा रहेको छ ।
यसैगरी पाकिस्तानमा २ लाख ४३ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ भने हालसम्म ५ हजार ५८ को मृत्यु भएको छ ।
यसैगरी अर्को सार्क मुलुक बंगलादेशमा १ लाख ७८ जनामा संक्रमण पुष्टि भएको छ भने हालसम्म २ हजार २७५ को मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा ३४ हजार १९४ जनामा संक्रमण पुष्टि हुँदा ९७१ जनाको मृत्यु भएको छ ।
यस्तै नेपालमा हालसम्म १६ हजार ६४९ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भएको छ ।
यसैगरी माल्दिभ्समा २ हजार ५५३ जनामा संक्रमण र १३ जनाको मृत्यु हुँदा श्रीलंकामा २ हजार ४५० जनामा संक्रमण र ११ जनाको मृत्यु भएको छ । यसैगरी भुटानमा ८० जनामा संक्रमण पुष्टि भएको छ ।