भारतीय हास्य कलाकार जगदिपको निधन

जनपत्र
२५ असार २०७७, बिहीबार ०६:२३

भारतीय हास्य कलाकार जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बुढेसकाल लागेसँगै विभिन्न रोगले थलिएका उनको बुधबार बिहान साढे ८ बजे निधन भएको बताइएको छ । बास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका जगदीप फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले बलिउडमा चर्चित बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*