विश्वमा मंगलबार १ लाख ७२ हजार कोरोना संक्रमित थपिए

विश्वका २१६ देशमा मंगलबार १ लाख ७२ हजार ५१२ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’का अनुसार यो अघिल्लो दिन ९सोमबार०का तुलनामा केही कम हो । सोमबार एकैदिन २ लाख २ हजार ५४५ कोरोना संक्रमित थपिएका हुन् ।
शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।हालसम्म विश्वमा एक करोड १५ लाख ३०२ जनामा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख ३५ हजार ७५९ जनाको मृत्यु भइसकेको छ ।