हावाबाट कोरोना सर्ने प्रमाण पाइयो, अझै अध्ययन हुदै छ – डब्लुएचओ

जनपत्र
२४ असार २०७७, बुधबार ०५:५८

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण पाइएको स्वीकार गरेको छ । यसअघि डब्लुएचओले ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोना बारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई चिट्ठी लेखेर अनुरोध गरेको विश्व अस्विकार गरेको थियो ।

डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको भएपनि केहि प्रमाण भेटिएको बताएकी छन् । डब्लुएचओले खागारी भिडभाड ठाउमा कम हावा भएको ठाउमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकाबाट अस्विकार गर्न नसकिने जनाएको छ । साथै डब्लुएचओले यस बारेमा अझै विस्तृत अध्ययन जारी रहेको बताएको छ । यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो ।

डाक्टर मारियाले कोरोनाको प्रसार रोक्न ठुलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन । यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबि गरेका थिए । साथै उनीहरुले हावामा कोरोना भाइरसका जीवाणु भेटिएकाले विश्व स्वास्थ्य संगठनलाई समेत कोरोना बारेको गाइड लाइनलाई परिवर्तन गर्न माग गरेका थिए ।

रिपोर्टका अनुसार वैज्ञानिकहरुले आछ्यु गरेपछि हावामा जाने जीवाणु एक कोठा बराबरको ठाउसम्म फैलिन सक्ने र त्यसमा रहेको भाइरसले अन्य व्यक्तिलाई संक्रमण गर्ने दाबि गरिएको छ । डब्लुएचओले भने यस अध्ययनको साइज सानो भएको भन्दै हावाबाट कोरोना सार्ने बारेमा धेरै छलफल र अध्ययन भएको तर यसको ठोस प्रमाण फेला नपरेको बताएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*