भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि
भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको छ ।
यस्तै एकै दिन ४४४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ६६९ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ९४ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् ।






