कतारबाट स्वदेश फर्कंदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
तपाईँ कतारमा विभिन्न समस्यामा परेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ र दूतावासले तपाईंको नाम प्राथमिकतामा राखेको छ रु छ भने स्वदेश फर्कनका लागि विभिन्न कुरामा ध्यान दिन दूतावासले अनुरोध गरेको छ । दूतावासले स्वदेश फर्कने नेपालीको सूची कतारको गृह मन्त्रालयमा पठाएको र गृह मन्त्रालयले स्वीकृत नगरेका व्यक्तिहरु पछि मात्र यात्रा गर्न पाउने छ ।
यस्तै दूतावासले कतारबाट स्वदेश फर्कने नेपालीलाई भ्जतभचबश प्रयोग गर्न अनुरोध गरेको छ । यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले अनिवार्य रुपमा यो एप चलाउन दूतावासले अनुरोध गरेको छ । यो एप मोबाइलमा डाउनलोड गरी कतारी आइडी नम्बर लगायतका विवरण राखी प्रयोग गर्न सकिन्छ ।
यस्तै रोजगारदाताले इस्केप रिपोर्ट दर्ता गएका व्यक्तिको हकमा भने एअरलाइन्सबाट यात्रा गर्ने दिनसहितको टिकट लिएर सर्च एण्ड फलोअफ डिपार्टमेण्टमा आफैं गएर हवाई टिकटमा डिपार्टमेन्टको छाप लगाउन र अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने भएकाले दूतावासले यो प्रक्रिया गर्न पनि आग्रह गरेको छ ।
कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि जुलाई २,४, ७ र ९ तारिखमा उडान भर्ने तालिका रहेको र हिमालय एअरलाइन्सले ४ र ७ जुलाईमा उडान गर्ने तालिका रहेको दूतावासले जनाएको छ । उज्यालोबाट






