चारवटा युद्धमा मारिएकाभन्दा बढी अमेरिकीको कोरोना संक्रमणबाट मृत्यु

जनपत्र
१७ असार २०७७, बुधबार ०७:३८

नोभेल कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा विभिन्‍न चार युद्धमा मारिएका मानिसको संख्याभन्दा बढी भएको तथ्यांक सार्वजनिक भएको छ ।

भियतनाम, कोरिया, इराक र अफगानिस्तान युद्धमा मारिएकाभन्दा बढी अमेरिकीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको सीएनएनले जनाएको छ । सन् १९५५ देखि १९७५ सम्म भएको भियतनाम युद्धमा ५८ हजारभन्दा बढी अमेरिकीले ज्यान गुमाएका थिए । तर, कोरोना भाइरसको संक्रमणबाट उक्त दुबै युद्धमाभन्दा २ दशमलव २ गुणा बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ । सन् १९५० देखि १९५३ सम्मको कोरियन युद्धमा ३७ हजार अमेरिकी मारिएका थिए । तर, कोरोना भाइरसको संक्रमणबाट कोरियन युद्धकोभन्दा ३ दशमलव ४ प्रतिशत बढी मानिसहरुको मृत्यु भएको छ ।

सन् २००३ देखि सन् २०११ सम्मको इराक युद्धमा चार हजार ४३१ अमेरिकीले ज्यान गुमाएका थिए । तर, उक्त युद्धभन्दा २८ गुणा बढी अमेरिकीहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी सन् २००१ देखि सुरु भएको अफगानिस्तान युद्धमा २ हजार ४४५ अमेरिकी मारिएका छन् । अफगानिस्तानमा मारिएका अमेरिकी भन्दा ५१ गुणा बढी मानिसहरुको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पहिलो विश्व युद्धमा मारिएका अमेरिकी नागरिकको संख्याभन्दा बढी अमेरिकीहरुको विगत पाँच महिनामा कोरोना महामारीबाट मृत्यु भएको छ । उक्त युद्धमा मारिने अमेरिकी सेनाको संख्या जोड्दा एक हला १६ हजार ५१६ हेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ९० प्रतिशत मानिसहरु ६५ वर्षभन्दा बढी उमेरसमूहका रहेको पाइएको छ । अमेरिकामा कोरोना संक्रमणबाट फेब्रुअरीमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । त्यसयता हालसम्म एक लाख २६ हजारभन्दा बढी अमेरिकीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । औसतमा हेर्दा हरेक दिन एक हजार ३३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

विश्वको कुल जनसंख्याको ४ प्रतिशत हिस्सा अमेरिकी जनसंख्याले ओगट्छ । हाल विश्वभर देखिएका कोरोना भाइरस संक्रमितको कुल संख्याको २५ प्रतिशत कोरोना संक्रमितहरु अमेरिकामा रहेका छन् । सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*