चीनले बनायो कोरोनाविरुद्ध नयाँ खोप

जनपत्र
१५ असार २०७७, सोमबार ०६:१०

चीनले कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ। चाइना नेसनल बायोटेक ग्रुप ९सीएनबीजी० ले आइतबार दिएको जानकारीअनुसार यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको छ र सुरक्षित देखिएको छ।

रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो।सीएनबीजीले खोप विकास गरेको जानकारी चिनियाँ सामाजिक सन्जाल विच्याटबाट पनि दिएको छ। १ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।

रोयटर्सका अनुसार अहिलेसम्म चीनमा ८ खोपलाई मानवमा परीक्षणका लागि सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको छ। दोस्रो चरणको परीक्षण सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइन्छ। त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*