मालिक कोरोना लागेर अस्पताल भर्ना, बिरालो ५४ दिनसम्म एक्लै घर कुरेर बस्यो

जनपत्र
१३ असार २०७७, शनिबार ०६:१५

चीन वुहानमा लीली नामको बिरालो ५४ दिनसम्म घरमा एक्लै बस्यो। ऊ बस्ने घरका मानिस वा भनौं उसका मालिकका सबै सदस्य कोभिड–१९ को उपचारको लागि अस्पतालमा थिए। परिवारका ७ सदस्य अस्पतालमा उपचार गराउँदा लीली घर कुरेरै बसी। जनवरीको अन्तिम साता लीलीको मालिक चेन कोभिड–१९ बाट संक्रमित भए। केही दिनमा परिवारका अन्य सदस्य चेनका बुवा, आमा र अन्य सदस्यहरूमा पनि कोभिड–१९ भाइरस देखियो।

सबै सदस्य अस्पताल भर्ना भएपछि गर्भवती लीली घरमा एक्लै भई। संक्रमण सर्ने डरले परिवारका सदस्यले लीलीको हेरविचार गर्न कसैलाई अनुरोध गरेनन्। तर, उसको लागि खाना र केही पानीको व्यवस्था गरेर घरमा छोडे। ५४ दिनपछि जब चेनका परिवार घर फर्किए। उनीहरू सबै चकित भए की लीलीले चारवटा बच्चा पाइसकेकी थिइ। चारै बच्चा स्वस्थ थिए। तर, लीली निकै दुब्लाएकी थिइ।

ऊ आफूलाई मालिकले छोडेर गएको खानाले बाँचेकी थिइ। उसको खाने भाँडो र खाना राखिएको स्थान सरसफाई नहुँदा फोहोर र झिंगा भन्कने भइसकेको थियो। उसले आफूलाई छुट्याएको ठाउँभन्दा अन्त कतै फोहोर गरेकी थिइन। टिकटकको चिनियाँ भर्सन डुयानमा लीलीको स्टोरी अहिले भाइरल बनेको छ। ३ लाख ६६ हजार बढीले लाइक गरेका छन्। डुयानमा अधिकांशले चेन परिवारको प्रशंसा गर्दै भाइरसका कारण जनावरलाई अप्ठ्यारो पार्न नहुने प्रतिक्रिया दिएका छन्।

चाइनाडेली डटकमबाट।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*